स्वास्थ्य

खुसीपूर्ण सेक्स जीवनको ‘दुश्मन’ यी बानीहरू

जोडीको सम्बन्ध जब सेक्सको चरणमा पुग्छ भने त्यसपछि सेक्सले नै सम्बन्धमा प्रभाव पार्न सुरु गर्ने बानी हुन्छ । यस्तो यसकारण हुन्छ किनकी यो चरणले जोडीबीचको सम्बन्धलाई छुट्टै चरणमा लैजान्छ । यसो त कयौँ चिजले सम्बन्धलाई प्रभाव पार्न सक्छ तर धूमपानलाई सेक्स जीवनको सबैभन्दा ठूलो दुश्मन भनिन्छ भन्दा शायद गलत हुँदैन ।

धूमपानले स्वास्थ्यमा कयौँ तरिकाबाट असर पुर्याउँछ । यसमध्ये  यो एकप्रकारको रगत प्रवाह पनि हो । शरीरमा रगत प्रवाहको प्रक्रियामा यसले वाधा पुर्याउँछ । यसको असर पुरुषको निजी अंगमा पुग्दछ । यसले निर्माणमा अल्छिपना ल्याउँछ । यसको असर सेक्स जीवनमात्र होइन पुरुषको कन्फिडेन्समा पनि असर पुर्याउने गर्दछ जो सम्बन्धको लागि राम्रो होइन ।

धूमपान गर्दा निकोटीनले पुरुषको सेक्स चालमा पनि प्रभावित पार्ने गर्दछ । उनीहरुमा सेक्सको इच्छा कम हुँदै जान्छ र सम्बन्धमा दरार उत्पन्न गराउँछ । धूमपानको बानीले पुरुषमा वाँझोपना हुने खतरा उत्पन्न गराउँछ । यसले शरीरलाई कमजोर बनाउँदै लैजान्छ । यही कारण परिवारमा अगाडि बढ्ने योजनामा पानी पर्न सक्छ ।

अर्कोकुरा धूमपानकै कारण फोक्सोमा गहिरो असर गर्ने र स्वास फेर्न नै गाह्रो बनाउँछ । सेक्सको दौरान यो समस्या आउँदा चाँडै थाक्ने, स्वाँ-स्वाँ हुने हुन्छ । यसले सेक्सुअल एक्टीभिटीमा असर पुर्याउने गर्दछ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत