गाउँ सहर

नवलपरासीको अरुणखोलास्थित जङ्गलमा बसदुर्घटना, २७ जना घाइते

  • ९ माघ बुधबार, २०७५ | १०:४५:०० मा प्रकाशित

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । 

काठमाडाैंबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ग ३१० नंको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ । अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । 

तपाईँको मत