विद्युत

विद्युत् महसुल नबुझाउने ९४६ ग्राहकको लाइनसमेत काटियाे, चौध लाख जरिवाना असुल

  • ९ माघ बुधबार, २०७५ | १०:३६:०० मा प्रकाशित

गौशाला । नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वर वितरण केन्द्रले विद्युत् चोरी गर्नेबाट रु १४ लाख जरिवाना असुल गरेको छ । नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वर वितरण केन्द्रका प्रमुख माधवेन्द्र यादवका अनुसार चालू आवको ६ महीनामा जिल्लामा विद्युत् चोरी गर्ने १५८ जनालाई कारवाही गरी सो रकम असुल गरिएको हो । 

उनले जिल्लाको विभिन्न ठाउँमा हुकिङ, मिटरमा गडबडी र अन्य विभिन्न तरिकाले विद्युत् चुहावट (चोरी) गर्दै आएका व्यक्तिलाई वितरण केन्द्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीसँगै खटिएका विद्युत् चुहावट नियन्त्रण (प्राविधिक कर्मचारीसहितको) टोलीले पक्राउ गरी कारवाही गरेको हो । विद्युत् महसुल नबुझाउने ९४६ ग्राहकको लाइनसमेत काटिएको छ । जलेश्वर वितरण केन्द्रअन्तर्गत ५५ हजार ६७२ ग्राहक छन् ।

तपाईँको मत