गाउँ सहर

पोखरामा २ करोड ५० लाख ठगी गर्ने महिला काठमाडाैँबाट पक्राउ

पाेखरा । पोखरामा २ करोड ५० लाख रकम ठगी गर्ने महिला काठमाडाैँ दरबारमार्ग बाट पक्राउ परेकी छन् ।

पोखरा महानगरपालिका २६ अर्घाैं डेरा गरी बस्ने वर्ष ४२ की स्नेहा भन्ने सरिता कुमारी रानाले आफ्नो परिवार लण्डनमा छ भनी पोखरा महानगरपालिकाका विभिन्न स्थानमा बस्ने चिनजानका व्यक्तिहरुलाई घर जग्गा खरिद गर्ने, जग्गासंग घर साटी दिने जस्ता विभिन्न प्रलोभन देखाउने कार्य गर्दै आएकी र हाल आफूलाई आपत परेकाले ऋण दिनुहोस भनी सापटी मागी रकम फिर्ता नदिई ठगी गरी फरार भएको भनी पीडित व्यक्तिहरुको मौखिक तथा लिखित उजुरी प्रहरी कार्यालयमा परेपछि उनलाई पक्राउ गरिएको हो ।

वाग्लुङ जिल्ला वडीगार्ड गाउँपालिका वडा नं ८ घर भएकी उनलाई खोजतलासका क्रममा काठमाडाैँ दरबारमार्गबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । उनलाई उच्च अदालतबाट बैंकिङ कसुर मुद्धामा म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको र अनुसन्धानबाट उनले फ्लाट भाडामा लिई काम गर्ने व्यक्ति, प्राईभेट कार तथा डाईभर समेत राखी बसेको तर उनको परिवारका कोही पनि लण्डनमा नभएको खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।

तपाईँको मत