फोटो

आच्छु ! चिसो भयो, फोटोमा हेर्नुहोस् हिमाली तथा उच्च पहाडी जिल्लामा परेको हिमपात

  • ८ माघ मंगलबार, २०७५ | १८:५५:०० मा प्रकाशित

काठमाडौं । देशभर एक्कासी चिसो बढेको छ । देशका हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा हिजो बेलुकीदेखि नै हिमपात शुरु भएको छ । 

 हिमपातका कारण धेरै जिल्लाका जनजीवन प्रभावित भएको छ । जसको कारण जनजीवन कष्टकर बन्दै गएको हो । 

हिमाली जिल्लामा चार फिट बढिसम्म हिउँ परेको छ । 

हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन सकिरहेका छैनन् । बाक्लो हिमपातका कारण स्थानीय बासिन्दालाई गाईबस्तुसमेत चराउनसमेत कठिन भएको छ । हिमपात भएसँगै बिहानै घाँस दाउरा गर्ने स्थानीयवासी जीवन यापनमा कठिन भएको छ । मान्छेको आवत जावतसमेत रोकिएको छ । हिमपातले विद्यार्थीसमेत प्रभावित भएका छन् । 

अहिले स्थानीयवासीलाई घरबाट बाहिर निस्कन पनि गाह्रो भएकाले चिसोबाट बच्न उनीहरूले दाउरा बालेर बसिरहेका छन् । हिमपात र वर्षा भएपछि कतिपय जिल्लाका पानी नलाग्ने लेकाली भेगका किसान खेती सप्रिने आशामा खुशी भएका छन् । 

माथिका हिमपात परेका तस्बिर डोल्पा, वैतडी, हुम्ला, मनाङ, जुम्ला र मुस्ताङ लगायत जिल्लाका हुन् । तस्बिर : गाउँसहर सम्वाददाता तथा रासस

तपाईँको मत