गाउँ सहर

डोल्पामा हिमपात, जनजीवन कष्टकर

तस्बिर : धनगिरी फडेरा, डोल्पा, गाउँ सहर ।

डोल्पा । पहाडी जिल्ला  डोल्पा जिल्लाको उपल्लो डोल्पा र तल्लो डोल्पामा रातिदेखी हिमपात शुरु भएको छ । हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । 

माथिल्लो डोल्पामा राति देखि नै हिमपात हुन सुरु गरेको हो भने तल्लो भेगमा बिहान देखिनै हिमपात हुन थालेको छ । जसको कारणा जनजीवन कष्टकर बन्दै गएको हो । 

हिमपातका कारण डोल्पाको उपल्लो डोल्पामा पर्ने शे-फोक्सुण्डो गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका र डोल्पो बुद्ध गाउँपालिकामा दुई फिट बढि हिउँ परेको छ । तल्लो डोल्पामा पर्ने नगरपालिका र गाउँपालिका मा पनि एक फिटसम्म हिउँ परेको छ । 

हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन सकिरहेका छैनन् । बाक्लो हिमपातका कारण यहाँका बासिन्दालाई गाईबस्तुसमेत चराउनसमेत कठिन भएको छ । हिमपात भएसँगै बिहानै घाँस दाउरा गर्ने स्थानीयवासी जीवन यापनमा कठिन भएको छ । मान्छेको आवत जावतसमेत रोकिएको छ । हिमपातले विद्यार्थीसमेत प्रभावित भएका छन् । 

हिमपात हुदा स्थानिय लाई घर बाहिर निष्कन पनि समस्या  बनाएको छ । हिमपात हुदा घर भित्र नै आगो बालेर बस्न बाध्य भएका छन । हिमालि जिल्ला भएकाले घर बाट कामको शिलशिलामा सदरमुखकाम आउने र जाने स्थानिय बाटैमा रोकिन बाध्य भएका छन् ।

डोल्पाको सदरमुकाम दुनै वरपर पनि हिमपात भएको छ । सदरमुकाममा पनि आधा फिट जति हिउँ परेको छ । हिमपात भएका कारण दजनौँ सवारी साधन रोकिएका छन् ।  प्रमुख व्यापारी केन्द्रका पसल पनि खुल्न सकेका छैनन् ।

अहिले स्थानीयवासीलाई घरबाट बाहिर निस्कन पनि गाह्रो भएकाले चिसोबाट बच्न उनीहरूले दाउरा बालेर बसिरहेका छन् । हिमपात र वर्षा भएपछि यहाँका पानी नलाग्ने लेकाली भेगका किसान खेती सप्रिने आसामा छन् । 

तपाईँको मत