प्रतिनिधि सभा

कांग्रेस सांसदहरु उठेर रोष्टम घेरे, प्रतिनिधिसभाको बैठक अवरुद्ध

  • ८ माघ मंगलबार, २०७५ | १५:३२:०० मा प्रकाशित

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । 

सरकारले दुई तिहाईको दम्भ देखाएको आरोप लगाउँदै कांग्रेसले आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको कारण संसद अवरुद्ध पार्दै आएको छ ।

संसदको मंगलबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई समय दिए । उनले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने बताए ।

नेता सिंहले बोल्नासाथ कांग्रेसका सांसदहरु रोष्टम घेराउ गर्न पुगेका थिए ।

सभामुखले वैठक पन्ध मिनेटको लागि स्थनगन गरेका छन् । 

तपाईँको मत