प्रतिनिधि सभा

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकः हुबहु पारित कि संशोधन

  • ७ माघ सोमबार, २०७५ | १३:१६:०० मा प्रकाशित

काठमाडाैं । कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु केन्द्र सरकार मातहत नराखेको विरोधमा कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो । प्रतिनिधिसभाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ । ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि प्रमुख प्रतिपक्षी कांग्रेसले संसद् बैठक उभिएर अवरोध गरेकाे छ ।

विधेयक संशोधन माग गर्ने डा. गोविन्द केसी आमरण अनशनमा बसिरहे पनि सत्तापक्षले विधेयक हुबहु पारित गर्ने भएपछि प्रतिपक्षी दल कांग्रेसले सम्झौता पालना नभएकाे संसद् अवरोध गरेकाे हाे । 

संसदिय दलका उपनेता विजय गच्छदारले प्रतिनिधिसभामा डा. गोविन्द केसी आमरण अनशनमा बसिरहे पनि, सम्झौता पालना नभएर सत्तापक्षले विधेयक  हुबहु पारित गर्नु निन्दविय भएकाे बताए । उनले गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनसहित गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न लागेको विषय संसद्मा उठाए । ‘मुख्यत: दुई अस्पताल केन्द्रबाट हटाउने विषय र डा. गोविन्द केसीको मागलाई उठाए ।

१५औं अनशनमा भएको सम्झौता हुबहु लागू गर्नुपर्ने केसीको मागमा कांग्रेसको पनि समर्थन छ ।  नेकपाले भने  सबै माग हुबहु पूरा हुने सार्वभौम संसद्ले जस्ताको तस्तै मान्नुपर्ने खालको तर्कमा सहमत हुन नसक्ने बताउँदै आएको छ । विधेयक तयार गर्ने नेकपा नेता योगेश भट्टराईले विधेयक जस्ताको तस्तै पारित गर्नुपर्छ भन्ने हाम्रो पार्टीको पनि धारणा रहेकाे बताउँदै आएका छन्  ।’

 

तपाईँको मत