भिडिओ

गगन थापा भन्छन्, ‘चिकित्सा विधेयकलाई राजनीतिक प्रतिष्ठाकाे विषय बनाउनु थिएन’

कार्यदलको प्रतिवेदनलाई प्रस्तावनामै राखिनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले सरकारले गरेको सम्झौतानुसार नै चिकित्सा विधेयक लागू गर्नुपर्ने बताएका छन् ।

काठमाडौँका हार्दिक होटलमा दिउसो १ बजे पत्रकार सम्मेलन गर्दै उनले विधेयकमा बढाइचढाइँ र केरमेट नगरी अघिल्लो सम्झैतानुसारको विधेयक आउनुपर्ने बताएका हुन् । 

अध्यादेश अनुसारको विधेयक आउनुपर्ने माग राखेको तर बदलिएको कारण अहिलेको अवस्था आएको उनले बताए । 

पाँचवटा फरक मतको चर्चा गर्दै नेता थापाले एक विश्वविद्यालयकले ५ वटा भन्दा बढीलाई सम्बन्धन नदिने विषय, चिकित्सा शिक्षा विश्वविद्यालयको विषय, सिटीइभिटीद्वारा सञ्चालित कार्यक्रमका सन्दर्भ, शिक्षा र स्वास्थ्य नाफामुलक व्यासाय हुनुहुँदैन भन्ने सन्दर्भ र विधेयक प्रस्तावनाको विषयका बारेमा प्रष्ट्र्याएका थिए ।

तपाईँको मत