वातावरण

शनिबार पनि बैंकका शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकको निर्देशन

  • २७ पौष शुक्रबार, २०७५ | २३:२५:०० मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ । 

बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्ने प्रयोजनाका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर पूरै समय खुला राखी नियमितरुपमा राजश्व बुझ्न आग्रह गरिएको हो । 

अर्थ मन्त्रालयलको आग्रहअनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिइएको हो । चालू आर्थिक वर्षको छ महीनाको राजश्व तिर्नका लागि पुस मसान्तसम्मको समायावधि रहन्छ । 

यस्तै राजश्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडलाई समेत सदाजस्तै खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । बैंकले क, ख र ग वर्गका बेंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो । 
 

तपाईँको मत