सडक/यातायात

२३ औं हप्ताको रिठेपानी बृहत सफाई अभियान सम्पन्न

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ को रिठेपानीमा रहेको राईजिङ स्टार युथ क्लवले गरेको रिठेपानी बृहत सफाई अभियानको २३ औं हप्ताको सफाई कार्यक्रम सम्पन्न भएको छ ।

स्थापना कालदेखि जनचेतना फैलाउँदै सभ्य समाज निर्माणमा उल्लेख्य भूमिका खेल्दै आएको राईजिङ स्टार युथ क्लवले शुक्रबार सफाई अभियानको २३ औं हप्तामा रिठेपानी चौतारादेखि लिटल फ्लावर एजुकेशनल एकेडेमी हुँदै सुन्दरी टोल लगायतको क्षेत्रमा सडक वरपर र फोहोर थुप्रिएका ठाउँबाट फोहोर संकलन व्यवस्थापन समेत गरी सम्पन्न गरेको अध्यक्ष बिष्णु प्रसाद गुरुङले जानकारी दिएका छन् ।

खुल्ला रक्तदान कार्यक्रम, सामाजिक जागरणका कार्यक्रम आदि मार्फत क्लवले महत्वपुर्ण भूमिका खेलेको बताउँदै युवाहरुको जोस र जाँगरलाई महानगरको सँधै साथ र सहयोग रहेको पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङले बताए ।

सभ्य समाज निर्माणमा उल्लेख्य भूमिका खेल्दै आएको राईजिङ स्टार युथ क्लवको कामको सराहना गर्दै कार्यक्रममा लिटल फ्लावर एजुकेशनल एकेडेमीका प्रिन्सिपल विष्णुहरि पौडेल, शिक्षक रामप्रसाद अधिकारी, क्लवका सल्लाहकारहरु लगायतले समाजसुधारका लागि आगामी दिनमा अझै सक्रिय बन्न प्रेरित गरेका थिए ।

सामाजिक काममा अग्रसर राईजिङ स्टार युथ क्लवले पोखरा महानगरपालिका वडा नं–२७ को रिठेपानी मात्रै नभै विगतका २२ वटा बृहत सफाई अभियानमा निरन्तर सक्रिय रहेर विभिन्न पर्यटकीय स्थल, अस्पताल, सार्वजनिक स्थानमा सचेतना, गाँजा फडानी, जस्ता कार्य गरिसकेको छ ।

तपाईँको मत