गाउँ सहर

गाउँपालिकामा भ्रष्टाचार भएको भन्दै खाँडादेवीमा कांगेसले ध्यानाकर्षणपत्र बुझाएर माग्यो विवरण

रामेछाप । नेपाली कांग्रेस खाँडादेवीले गाउँपालिकाकाे विकास निर्माणमा भएको अनियमितता तथा जनप्रतिनिधिहरुले मनोमानी ढंगले एकलौटी योजनाहरु गरेको भन्दै गाउँपालिका प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

'जनप्रतिनिधि निर्वाचित भएर आएको २० महिना भइसक्दा पनि गाउँपालिकामा भएको विकास निर्माण तथा पूर्वाधारमा विकास हुनुको सट्टा अनियमितता, भ्रष्टाचार बढेकाे, आर्थिक प्रलोभनमा परि आफूखुशी योजना बाँडफाँट गर्नुका साथै वडाहरुमा समावेशी ढंगले योजना नगरेको तथा गाउँपालिकाको नवनिर्मित भवन निर्माणमा अनियमितता भएर गाउँपालिकामा वडाकै जनप्रतिनिधिहरुले विरोध जनाएकोले यस विषयमा नेपाली कांग्रेस रामेछाप, खाँडादेवी गाउँपालिका नेपाली कांग्रेसका तर्फबाट स्थानिय निर्वाचनका उम्मेद्वारहरुको गम्भिर ध्यानाकर्षण भएको छ' ध्यानाकर्षणपत्रमा भनिएकाे छ ।  

गाउँपालिका प्रमुख प्रेमबहादुर तामाङलाई ध्यानाकर्षणपत्र बुझाउँदै कांग्रेसका गाउँपालिका प्रमुखको  उम्मेद्वारसमेत रहेका वेदराज लामाको नेतृत्वमा पुगेको टोलीले गाउँपालिकामा भएका अनियमितता तथा विनियोजित बजेटको अपारदर्शिता टुलटुलु हेरेर नबस्ने जनाइएको छ । 

ध्यानाकर्षणपत्रमा गाउँपालिका भरी विनियोजित गरेका योजना र कार्यप्रगतिबारे दुई कार्यकाल२०७४/७५ र ०७५/७६ को सम्पूर्ण विवरण उपलब्ध गराउन पनि  माग गरिएको छ । 

नेपाली कांगेसका तर्फबाट स्थानीय निर्वाचनमा उम्मेद्वारी दिएका अध्यक्ष वेदराज लामा, उपाध्यक्ष मिना श्रेष्ठसहितका ११ जनाले हस्ताक्षर गरिएको ध्यानाकर्षणपत्र गाउँपालिका प्रमुख तामाङलाई बुझाइएको छ । 

ध्यानाकर्षणपत्र बुझ्दै गाउँपालिका प्रमुख तामाङले विकासनिर्माणमा कुनै अनियमितता नभएको र हेर्न चाहेका आवश्यक कागजात उपलब्ध गराउने बताए । 

तपाईँको मत