अर्थतन्त्र

सिन्धुलीको फिक्कल गाँउपालिकामा प्राइम बैंककाे शाखा

  • २७ पौष शुक्रबार, २०७५ | १५:३४:०० मा प्रकाशित

सिन्धुली । शाखा संजाल बिस्तारको क्राममा आज प्राइम कमर्सियल बैंक लिमिटेडले सिन्धुलीको फिक्कल गाँउपालिकामा शाखाको शुरू गरेको छ ।

यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ७२ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बिच फिक्कल गाँउपालिका अध्यक्ष धन बहादुर कार्कीले शाखा कार्यालय फिक्कलको समुदघाटन गरे ।

यसैलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा  शाखाहरुको संजाल बिस्तार गर्दै, आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरे ।

 साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन सेवालाई चुस्त, आत्मीय र ग्राहकमुखी बनाउदै आएकाे छ ।

तपाईँको मत