अर्थतन्त्र

आइएमईको ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत तेस्रो विजेता घोषणा

  • २७ पौष शुक्रबार, २०७५ | १४:४५:०० मा प्रकाशित

काठमाडौं । आइएमईले पर्वहरू दशैं, दीपावली र छठलाई लक्षितगर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत तेस्रो तथा अन्तिम महिनाको विजेता घोषणा गरेको छ ।

रिया मार्फत कतारबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही शिवु झागर सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट तेस्रोेमहिनाको विजेता घोषित भएका छन् । सेवाग्राहीमल्लले नगद रू. १,००,०००/- (अक्षेरूपी एक लाख) प्राप्त गरेका छन्  ।

आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका सहायक प्रबन्धक  श्यामकृष्ण खकुरेलले विजेता शिवुको सिफारिसमा उनको आफन्त  कृष्ण गोपाल कुस्मालाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

२०७५ सालअसोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्त सम्म लागु सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्कीड्र’बाट तिनजनाविजेताघोषित भइसकेका छन् ।

आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहेकालाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको थियो। योजनाअवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जनाभाग्यशाली सेवाग्राहीलाई‘आइएमई पे’ मार्फत रू.१००० को बिलभुक्तानी, हरेक हप्ता १ जनाभाग्यशाली सेवाग्राहीलाई रू.१०,००० नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१ लाखनगद तथा बम्परमा १ जनाभाग्यशाली सेवाग्राहीलाई रू.२०(बिस) लाखनगद प्रदानगर्ने गरि कार्यक्रम तय गरिएको थियो ।

नेपाली समुदायमा मनाइने विभिन्न सांस्कृतिकपर्वहरूमा आफ्ना लाखौँ सेवाग्राहीहरूको भावनालाई मध्यनजर गर्दै यस्ता प्रवद्र्धनात्मक कार्यक्रम संचालनगर्ने परम्परा आइएमईले आफ्नो स्थापनाकालदेखि नै गर्दै आइरहेको छ ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरीतथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत्विदेशमा कार्यरत नेपालीहरुले  कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
 

तपाईँको मत