दृष्‍टिकोण

“युवाहरूका लागि सुरक्षित स्थानहरू”

युवा र मानसिक स्वास्थ्य

नेपालमा युवा मानसिक अस्वस्थता कति छ भन्ने सन्दर्भमा कुनैपनि तथ्यांक नभएपनि विश्वमा २० प्रतिशत युवाहरु मानसिक स्वास्थ्य समस्याको अवस्थाको आधारमा नेपालमा पनि करिब करिब २० प्रतिशत व्यक्ति प्रभावित भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । फिसर एण्ड केब्रल डी मेल्लो, २०११ र सवेर र अन्य, २०१२ को अध्ययनको आधारमा ८५ देखि ९०% मानसिक स्वास्थ्य समस्या निम्न र कम आयभएका देशमा युवाहरु रहेको छ भने ५% उच्च आय भएका देशमा रहेका छन् । 

यूएनका अनुसार अहिले संसारमा १.८ बिलियन युवाहरू जसको उमेर  १० देखि २४ रहेको छ, यो अहिले सम्मको सबभन्दा वढि जनसंख्या हो । तीमध्ये १० जनामा १जना द्वन्द्व प्रभावित अवस्थामा रहेको छ भने २४ मिलियन  केटाकेटीहरू स्कूल जानवाट वंचित छन् । राजनीतिक अस्थिरता, श्रम बजारको चुनौती र राजनीतिक र नागरिक सहभागिताको सीमित अवसरका कारण युवाहरूले समाजवाट अलग भएको महशुस गरेका छन् । विश्वका युवाहरुसँग सामना गर्ने चुनौतीहरु र समस्याहरुको जागरूकता बढाउने अवसरको लागि युवा (महिला र पुरुषहरू) को आवश्यक साझेदारको भूमिका बढाई परिवर्तन गर्न वार्षिक उत्सवको रूपमा १२ अगस्ट १९९९ मा संयुक्त राष्ट्र महासभाद्वारा पहिलो पटक अन्तर्राष्ट्रिय युवा दिवसको नामकरण गरिएको थियो । यो दिवस प्रत्येक वर्ष १२ अगस्टमा विश्वभरी मनाईन्छ ।

यस वर्षको नारा  “युवाहरूका लागि सुरक्षित स्थानहरू” भन्ने रहेको छ । 

व्यक्तिको मानसिक स्वास्थ्य अवस्थाहरूमा व्यवहारर मानसिक स्वास्थ्य दुवै समावेश गरिन्छ । दुनियाँभरीका किशोर र युवाहरुमा देखिने समायोजनको समस्याहरुमा विभिन्न समस्याहरू जस्तै उदासिनता, चिन्ता, आघातजन्य घटनापछिको तनाव, र विघटनकारी व्यवहार विकार जस्तै एडीएचडी, मूडमा गडवडी, लागुऔषधिको दुरुपयोग, आत्महत्याको सोचाई, र आक्रामक र विघटनकारी व्यवहार प्रमुख हुन् ।

युवामा मानसिक समस्याका कारणहरु 

१. वशांणुगत
२. व्यक्तित्व
३. आमाबुवाको उच्चआकाक्षाँको स्तर
४. बाल्यावस्थाको आधार र बाल्यकालीन संवेगात्मक बेवास्ता
५. रुची र करियर छनौटमा तालमेल नहुनु ।
६. सामाजिक साँस्कृतिक गलत प्रतिस्प्रर्धा
७. बाल मनोविज्ञानको अभाव
८. आमाबुवा र पारिवारिक झै–झगडा
९. बैबाहिक जीवन सोचे जस्तो नहुनु
१०. बेरोजगारी 
११. वैदेशिक रोजगारी र पारिवारीक बिछोड
१२. आघातजन्य घटना
१३. मानसिक समस्याप्रति लान्छना र भेदभाव
१४. रितीरिवाज, धर्म, सँस्कृति र परम्परा
१५. इन्टरनेट,लागुऔषधीको दुरुपयोग
१६. आर्थिक संकट
१७. दिर्घरोग
१८. सँस्कार र युवा भावनाबीच मतभेद
१९. संचार-फेशन र सिकाई
२१.बसाईंसराईको कारणले नयाँ वातावरणमा घुलमिल हुन गाह्रो हुनु ।

नेपालमा युवा मानसिक स्वास्थ्य प्रवध्र्वनमा अवरोधहरु

१. मानसिक स्वास्थ्यप्रतिको कलंक
२. उचित मानसिक स्वास्थ्यको जानकारीको अभाव
३. अशिक्षा र गरिबी
४. नेपालको ग्रामीण भेगमा (८० प्रतिशत) जनसंख्या बसोबास गर्ने क्षेत्रमा मानसिक स्वास्थ्यको पहुँच नहुनु ।
५.मानसिक स्वास्थ्यको बारेमा हाम्रो कक्षा ९,१०,११,१२ को पाठ्यक्रममा आधारभूत जानकारी नगराईनु ।
६. राज्यको मानसिक स्वास्थ्य प्रवद्र्धनमा उदासिनता
७.मानसिक स्वास्थ्य र मनोविज्ञानको न्यून दक्ष जनशक्ति हुनु ।
८. मनोवैज्ञानिक परिक्षण, मनोविमर्श सेवा र अनुसंधानको अभाव हुनु ।
९. उपयुक्त र पर्याप्तमात्रामा अध्ययन र अनुसन्धान सामाग्रीको अभावमा तथ्यमा आधारित विधिको उपयोग नहुनु ।
युवाको मानसिक स्वास्थ्य सम्वर्धको लागि गर्नु पर्ने कामहरु
१. युवाको रुचीअनुसारको कार्यमा संलग्न हुने खालको रोजगारी सृजन गर्न करियर मनोविमर्शको व्यवस्था सहितको शैक्षिक व्यवस्थापन गर्नुपर्ने ।
२. युवाहरुलाई आनन्द प्रदान गर्ने व्यवहारमा संलग्नहुनको लागि अनिवार्य रुपमा जीवन उपयोगी सीपहरुको जानकारी गराउने ।
३.युवा सम्बन्धि संघ संस्थाहरुले अनिवार्य रुपमा आफ्ना तालिमका कार्यक्रमहरुमा मानसिक सु–स्वास्थ्यको कार्यक्रमलाई पनि संलग्न गराउने ।
४. वैदेशिक रोजगारीमा जाने सम्पूर्ण युवावर्गलाई अनिवार्य रुपमा साँस्कृतिक समायोजन र कार्यस्थल मानसिक स्वास्थ्यको अवधारणा र स्व–हेरचाहका विधिहरुको तालिम संचाल नगर्ने ।
५. अति तनावपूर्ण जीवनशैली भएका व्यवसाय जस्तैः–स्वास्थ्य र उद्योग र कलकारखानामा संलग्न भएका युवावर्गलाई लक्षित गरेर कार्यस्थल मानसिक स्वास्थ्यको सचेतना फैलाउने । 
६. युवावर्गलाई अनिवार्य रुपमा वैवाहिक जीवनमा बाँधिनु भन्दापहिले विवाहगर्नु पूर्व वैवाहिक मनोविमर्शमा अनिवार्य मनोशिक्षा प्रदान गर्ने ।
७. युवाहरुलाई नै संलग्न गरेर युवा मानसिक स्वास्थ्य प्रर्वद्धनकर्ताको संयुक्त संजाल निर्माण गरी अन्तर व्यवसायिक मानसिक स्वास्थ्यको जानकारी गराउने ।
८. राज्यले अनिवार्य रुपमा आफ्ना मातहतका निकायमा संलग्न गराउने युवाकर्मचारीको मनोवैज्ञानिक परीक्षणको माध्यामबाट उनीहरुको अवस्थाको जानकारी लिई मानसिक सु–स्वास्थ्यको बारेमा अनिवार्य पाठ्यक्रममा व्यवस्था गर्ने । 
९. निश्चित नीति र कार्यक्रमहरूको निर्माण, मानसिक स्वास्थ्यको सम्बन्धमा लान्छना हटाउनका लागि प्रयासहरू आवश्यक छ । 

लेखक द स्कुलअफ साइकलोजी नेपालका अध्यक्षसमेत हुन् ।

तपाईँको मत