दृष्‍टिकोण

पृथ्वीनारायण शाहलाई सराप्ने होइन, पृथ्वी जयन्तीलाई ‘नेपालदिन’ का रुपमा मनाऔँ

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज २९७ औँ पृथ्वी जयन्ती मनाइँदैछ । बाइसेचौबीसे राज्यमा छरिएको भूगोललाई युद्ध तथा कूटनीतिक कौशलताबाट क्रमिक रुपमा एकताबद्ध गरेका शाहको गौरव र इतिहास परिवर्तन गर्न नहुने र योगदानलाई राजनीतिक आस्थासँग जोड्न हुँदैन ।

तत्कालीन समयमा काठमाडौँ उपत्यका, सिम्रौनगढ र सिँजा केन्द्र भएको राज्य शक्तिशाली थिए । तिनै तीन केन्द्रअन्तर्गत बाइसे र चौबीसे राज्य अस्तित्वमा थिए । गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका छोराका रुपमा विसं १७७९ पुस २७ गते जन्मेका शाहले विसं १७९९ चैतमा राजा भएपछि नुवाकोट १८०१ र काठमाडौँ उपत्यका विसं १८२५–२६ र पछि पूर्वका सेन राज्य विजय गरेका थिए । आफ्ना पालामा छरिएका ५४ राज्यमध्ये धेरै राज्य एकीकरण गरेपछि शाहलाई वंशका हिसाबले राजा तथा कुशल नेतृत्व गर्न सक्ने सेनापतिका रुपमा पनि चित्रण गरेको पाइन्छ ।

अंशु बर्मा शासन गरिरहेका थिए, जब हुनहरुले आक्रमण गर्दै मगदलाई ध्वस्त पारे। थुप्रै मगदका मानिस भागेर नेपालतिर पसे । पछि यिनै भागेर नेपाल पसेका अभिरहरुले नेपालमा आक्रमण गरे। विरतापूर्वक अंशु बर्माले उनीहरुलाई पराजित गरि नेपाललाई एउटा शक्तिशाली रास्ट्रको रुपमा स्थापित गरे । तर नेपालका अभिरले गद्दी खोसे, पछि । सोङ्गत्सेन ग्याम्पोको सहयोगले नरेन्द्रदेवले आफना बाबुबाट अभिरहरुले कब्जा गरेको राजगद्दी फिर्ता प्राप्त गरे । भृकुटीको विवाह सोङ्गत्सेनसँग भएपछि उनी अत्यन्त शक्तिशाली राजा बने । नेपालको सिमाना कास्मिरदेखि कमाक्षा आसामसम्म पुग्यो ।

१३ औं शताब्दीसम्म नेपाल सिल्क रोड देशकाे रुपमा सम्पन्न देशका रुपमा रह्यो । लिच्छविहरु लोकतान्त्रिक थिए । पश्चिममा खस राजाहरु, पूर्वमा किराँतहरु यथावत शासन गर्थे । लिच्छविहरु महाराजा थिए । काठमाडौंमा अनेक जात र सभ्यताका मानिस घुलमिल भए । १३ औं शताब्दीदेखि कमजाेर बनेको लिच्छवी बंशको नियन्त्रण कमजाेर भयो । राजाहरुले एकलौटी शासन गर्न थाले । राजाहरुले आफना राज्यलाई छोराहरुमा बाँड्दै गए । अनेक राज्य बने ।

पृथ्वीनारायण शाहले देशलाई पुन:एकीकरण गरेका हुन । यदि कोही उनलाई साम्राज्यवादी भन्छ भने बहस गर्न आउ, म प्रमाणसहित उभिन तयार छु । उनी बनारस गए र फिरङ्गीहरुको अधीन देखे । उनले विदेशी उपनिवेशवादीको रणनीति भारतीयहरुबाट बुझे । उनले थाहा पाए ब्रिटिशहरु तिब्बत लिन चाहन्थे र त्यसका लागि नेपाल लिनुपर्थ्यो । आक्रमण गर्न सजैलो थिएन । बाटो थाहा थिएन तिब्बत हान्ने । उनीहरुले गोप्य ढङ्गले क्यापुचीन पादरीहरुलाई मध्य एसिया हुँदै तिब्बत र ल्हासाबाट नेपाल पठाए । काठमाडौं र भक्तपुरको मनोहरामा युद्ध भैरहेको थियो । काठमाडौका राजालाइ एउटा दूरबीन उपहार क्यापुचिनले दिएका थिए । राजाले यसबाट अहिलेको त्रिभुवन विमानस्थलबाट दूरबीनद्वारा युद्ध हेरे र ताजुब परे।

क्यापुचिनहरु किन आएका थिए पृथ्वीनारायणलाई थाहा थियो । यो कुरा म्याकुलेले ब्रिटिश संसदमा दिएको भाषणमा बोलेका छ्न । पृथ्वीनारायणको शक्ति बढेपछि यिनीहरु उनलाइ सूचना दिन थाले । तर जितेपछि यिनीहरुलाई निकाले । उनले भने यिनीहरु पहिला व्यापार लिएर आउँछ्न पछि बन्दुक ।

नेपाल त्यसताका पुनः एकीकरण नभएको भए हामी भारतका अलग-अलग प्रान्तका मान्छे हुने थियौ । यसकारण पृथ्वीनारायण शाहलाई एकताकाे पिता हुन् :-

  • आज हामी उनकै दूरदृस्टीले एउटा ऐतिहासिक रास्ट्रका रुपमा छौं । के स्वतन्त्र रास्ट्रका रुपमा रहँदा अपमान भयो ? रास्ट्रका विरुद्धमा बोल्नको इतिहास कलंकित हुन्छ। पछि सन्तानले मुख लुकाउनुपर्छ।     
  • पृथ्वीनारायणसँग हारेको लाजले अहिले पनि ब्रिटिशलाई सताउँछन् । यिनै फिरंगीले कपोकल्पित इतिहास लेखे । उनीहरुको लेखाइ पढेर केही मानिस स्वतन्त्र नागरिक भएको गौरबलाई धिकार्ने गर्छन । यी त्यस्ता मानिसको विकृत बुद्धि हो ।     
  • पृथ्वीनारायण एसियाली महानायक उपनिवेश विरुद्धमा थिए । 
  • भारतका लम्पट राजाहरूमा उनकाे जस्तो स्वाभीमानी चेतना भएको भए भारतले उनीहरुको शोषण भोग्नुपर्ने थिएन । भारतबाट ब्रिटिशले ४५ ट्रीलिएन पौन्ड          कर लगे । जम्माजम्मी करिब १६३ ट्रीलियन लुटे । कस्तो हुने थियो भारत आज यो नलुटिएको भए । नेपाल २०० बर्षदेखि विदेशीका खेलको शिकार बनेको छ ।      कहाँ हुन्थ्यौं आज हामी ? हाम्रो जङ्गल लुटेको थाहा होला ।
  • मुर्खहरुलाई शशी थरुरको किताब पढन अनुरोध गर्छु । मेरो किताब साउथ एसिया चाइना जिओइकोनोमिक्स मात्र पढी दिए पनि अलिकति बुद्धि पलाउथ्यो होला ।    
  • १९५४ बाट यिनै फिरङ्गी लेखक नेपालमा संस्कृतिजाइजेशनको नारा लिएर आए । अनि भने जनजाति र दलितको गरिबि संस्कृतिजाइजेशनको परिणाम हो भनेर सिकाए । यो षड्यन्त्रको पछाडीको कारण थियो पहिलो र दोस्रो विस्वयुद्धमा मारिएका गाेर्खाहरु ।           
  • दोस्रो विश्वयुद्धमा चारलाख जति नेपाली युवा परिचालन गरिएका थिए । क्षेत्री र बाहुनका छोरा पनि गुरुङ र मगर थर लेखेर भर्ती गरे । सन १९४७ मा बेलायत र भारतका बिचमा गाेर्खाहरुको बन्डा गर्दा १०,४४४ बेलायत त करिब २३ हजार भारतको भागमा परे । खोइ त अरु तीन लाख पचास हजार ?       
  • जनजातिको नस्ल गरिब बाहुन र क्षेत्रीले गरेनन । औपनिवेशिक ब्रिटिशहरुले गरे । तिनकै कुरा सुनेर पृथ्वीनारायणलाई सराप्नेहरु तिम्रो नेपाली पहिचान त्यही भएर पृथ्वीनारायण र उनका फौजमा लड्ने तिम्रा असल पुर्खाको उपहार हो ।       
  • त्यसैले कथित स्युडो ज्ञानका पृथ्वीनारायणलाई सराप्ने नेता अनैतिक मानिस हुन्।

आधुनिक नेपालको निर्माण गरिसकेपछि शाहबाट अगाडिका राजाहरुले सञ्चालन गरेका पर्व तथा परम्परालाई निरन्तरता दिने कार्यले विभिन्न जाति र समुदायबीच सांस्कृतिक एकता कायम गर्न सहयोग पुगेको छ । नेपाली हुँ भनेर गर्व गर्ने प्रत्येक नेपालीले मुलुकमा राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकतालाई अक्षुण्ण राख्नका लागि भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ । जब हामीमा एउटै राष्ट्रको मान्छे हौँ भन्ने भावना आउँछ तब मात्र राष्ट्रिय एकता हुन्छ । सम्पूर्ण जातजाति, वर्ग, समुदायको मानिस एक जुट भएर अघि बढ्न सके मात्र राष्ट्रिय एकता हुन्छ । यो सबै जातको साझा फूलबारी हो भनेर परिचय दिने काम पृथ्वीनारायणबाट भएको थियो । त्यसकारण पनि पृथ्वीनारायण शाहलाई सराप्ने होइन, पृथ्वी जयन्तीलाई ‘नेपालदिन’ का रुपमा मनाऔँ ।

तपाईँको मत