भिडिओ

राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीमाथि लापरवाही (हेर्नुहाेस् भिडियाे)

काठमाडाैँ । नेपालकाे एकमात्र राष्ट्रिय ट्रमा सेन्टरमा लापरवाहीकाे घटना बढ्दै गएकाे छ ।

अर्थो, न्यूरो, स्पाइन, बर्न र प्लाष्टिक सर्जरी सम्बन्धी उपचार सेवा प्रवाह गर्ने एक मात्र विशिष्टिकृत सरकारी अस्पताल राष्ट्रिय ट्रमा सेन्टरमा लापरवाहीकाे घटना बढ्दै गएकाे पाइएकाे हाे । 

सन् ६ जुन १९९७ मा तत्कालिन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजराल नेपाल भ्रमणमा आउँदा शिलान्यास भएको र त्यसको ६ वर्षपछि सन् २००३ मा नेपाल र भारत सरकारबीच ट्रमा सेन्टर निर्माण गर्ने सहमति भएनुसार निर्माण भएकाे अस्पतालमा पछिल्लाे समयमा लापरवाहीकाे घटनामा वृद्धि भएकाे याे भिडियाेले दर्शाउँछ ।

अाजपनि एक विरामी राजेन्द्र परियारमाथि दुर्व्यवहार भएकाे छ । बेड नं 419 मा रहेका विरामी परियार डुम्रे तनहुँ बन्दिपुरका हुन् । उनी चिच्याइरहेका छन तर उनकाे आवाजकाे प्रत्युत्तरमा नर्शहरूकाे व्यवहार असामान्य छ ।

अस्पतालमा करिब ५२ जना चिकित्सक १५४ जना नर्स, ३७ जना प्राविधिक कर्मचारी र २९ जना प्रशासनिक कर्मचारी समेत गरी जम्मा २ सय ८० जना राष्ट्रसेवक कर्मचारी छन् तर विरामी राख्ने ठाउँ र अन्य क्षेत्रकाे लापरवाही उत्तीकै छ ।

भन्नलाई अस्पतालमा १५० वटा साधारण शैया ३२ वटा आकस्मिक शैया,७ वटा अप्रेशन पश्चात बिरामीलाई राखिने शैया र ११ वटा आईसीयू शैया गरी जम्मा दुई सय वटा नेपाल सरकारबाट स्वीकृति प्राप्त शैयाहरू रहेका छन् । तर, विरामी राख्नेसम्मकाे ठाउँ पाएका छैनन् अधिकाँशत विरामीले । 

सफा र फराकिला वार्डहरू, आधुनिक प्रविधियुक्त सेवा अनि भौतिक पूर्वाधारको बन्दोवस्तकाे प्रचार गरिएपनि विरामीकाे चाप धान्न सक्ने र अस्पतालकाे व्यवहारपनि राम्राे नभएकाे विरामी कुरूवा दधीराम रिमालले बताए ।

निर्माण सम्पन्न भएपनि करिब चार वर्षसम्म अस्पताल सञ्चालनमा आएकाे थिएन । ९ मंसिर ०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बखत नेपालका तत्कालीन प्रधानमन्त्री शुशील कोइरालालाई हस्तान्तरण गरेपछि औपचारिक रूपमा यो सेन्टर सञ्चालनमा आएको थियाे ।

दश रोपनी क्षेत्रफलमा फैलिएको यो भवनमा जमिनमुनि २ तल्ला र जमिनमाथि ७ तल्ला छ । दुर्घटना, हिंसा, चोटपटकका कारणवाट हुने स्वास्थ्य समस्या, हाडजोर्नी तथा नशा, मुटु शल्यचिकित्सा, प्लाष्टिक सर्जरी, नाक, कान, घाँटी र दन्त शल्यचिकित्साको पूर्ण विशेषज्ञ सेवा प्रदान गर्न तथा अहिले सवारी दुर्घटना नेपालमा मृत्युको चौथो कारण बनेको सन्दर्भमा दुर्घटनामा परेकाहरूको मृत्युदर कम गर्ने उद्देश्यले सञ्चालित यो अस्पताल सुरूवाती समयदेखि नै विवादित बनेकाे छ ।

यसअघि पनि बिरामीकै प्रसंगमा डाक्टरसँगकाे विवादका समाचारहरू बनेका थिए ।

देशकाे पहिलाे र राम्राे भनिएकाे अस्पतालमा आजपनि यस्ता दृश्यहरू देखियाे ।


 

तपाईँको मत