गाउँ सहर

ठगी गर्ने पक्राउ 

  • २४ पौष मंगलबार, २०७५ | १५:४५:०० मा प्रकाशित

काठमाडौं । चिट्ठा पर्यो भन्दै भाइवर, फेसबुकमा सन्देश पठाउँदै आइएमइमार्फत लाखौँ ठगी गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी परिसरले जनाएको छ ।

पक्राउ पर्नेमा खोटाङका इन्द्रबहादुर पुरी, टीकाराम भुजेल र लेखबहादुर खड्का छन् । उनीहरुको साथबाट प्रहरीले रु ५० हजार बरामद गरेको छ । उनीहरुले आइएमइबाट रु छ लाख निकालेको अनुसन्धानमा खुल्न आएको जनाइएको छ । 

काठमाडौंको गोङ्गबुबाट रु २३ हजार डलरजस्तो देखिने कागजको बिटासहित सिन्धुलीका कुमसिंह घिसिङ र सोही ठाउँका प्रेमबहादुर तामाङलाई सोमबार पक्राउ गरी अनुसन्धान थालिएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरुले रु दुई लाखभन्दा बढी ठगेको खुल्न आएको र काठमाडौंका विभिन्न स्थानमा डलर साटिदिन्छु भनी एकान्तमा लगि लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ । 

यस्तै तीन वटा नागरिकता बनाई सामान गठी गर्ने धनगढीका वासुदेव मैनाली पक्राउ परेका छन् । उनले रामचन्द्र शर्मा, शिवराम पौडेल र वासुदेव मैनालीको नाममा नागरिकता बनाई नाम परिवर्तन गरी रु ४० लाखभन्दा बढी ठगी गरेको खुल्न आएको छ ।

उनीहरुले ठूला व्यापारी भनी विभिन्न स्थानबाट टिभी, फ्रिज, जेनेरेटर विदेशी मदिरा लिई चेक दिई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । यता वैदेशिक रोजगार विभागमा विचौलिया गर्दै आएका सात जनालाई समेत आज प्रहरीले पक्राउ गरेको छ । उनीहरुको विषयमा अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडाैँले जनाएको छ । 

तपाईँको मत