जीवनशैली

यौनका रमाइला तथा सुन्दा रोचक घटनाहरू

  • एजेन्सी
  • ९ पौष सोमबार, २०७५ | २३:०२:०० मा प्रकाशित

यौन अपरिहार्य पक्ष हाे । यौनका घटनाहरूमध्ये कति घटनाहरू रमाइला तथा सुन्दा रोचक हुन्छन् । अनुसन्धानकर्ताहरूले पत्ता लगाएका यौनका केही रोचक कुराहरू यहाँ प्रस्तुत गरिएकाे छ ।
 

  • विश्वमा करिब एक दिनमा १० करोड मानिसहरूले यौन सम्पर्क गर्ने गर्छन् ।
  • पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ । बिसमा एक जना पुरुष असामान्य व्यवहार गर्दै सेक्स गर्न आनन्द मान्छन् । पुरुषहरु सेक्सको मामिलामा सामाजिक बन्धन तोड्न तयार हुन्छन् ।
  • हाम्रै घरआँगनमा पाउने फलफूल जस्तैः आँप, केरा, स्ट्रबरी,फर्सीको बियाँ, गेडागुडी, खरभुजा, खोर्सानी, मरिच, स्याम्पेन र चकलेटजस्ता खाद्य पदार्थहरूले मानिसको यौन क्षमता बढाउँछ ।
  • धेरै यौन सम्पर्क गर्नेमा अमेरिकाका र ग्रीकका नागरिक अगाडि छन् । अमेरिकी नागरिकले एक वर्षमा औसतमा १ सय २४ पटक र ग्रीकका नागरिकले एक वर्षमा औसतमा १ सय १७ पटक यौन सम्पर्क गर्ने गर्छन् ।
  • एक कन्डम निर्माता कम्पनी डुरेक्सको अध्ययनअनुसार मानिसहरू औसतमा दैनिक रूपमा ०.२८, हप्तामा १.९८ र वर्षमा १ सय ३ पटक यौन सम्पर्क गर्छन् ।
  • जुन पुरुषलाई सेक्सका बेला चरम आनन्द प्राप्त हुन्छ उसलाई क्यान्सर हुने खतरा कम हुन्छ ।
  • यौन सम्पर्क गर्दा पुरुषको ७७ देखि १ सय ५५ क्यालोरीसम्म शक्ति खर्च हुने गर्छ भने महिलाको ७० देखि १ सय २० क्यालोरी मात्र खर्च हुने गर्छ ।
  • अध्ययनले बताएअनुसार पुरुष एक वर्षमा औसतमा सपना देखेर ९ पटक मानिस उत्तेजित हुने गर्छ ।
  • मृत्युबारेमा बढी सोचिरहने पुरुषले बढी बच्चा जन्माउने इच्छा व्यक्त गर्छन् ।
  • यौनिक रुपमा सक्रिय मानिसमध्ये सयमा ७२ जनाले नयाँ साथीसँग कुनै सुरक्षाका उपाय नअपनाइकनै सेक्स गर्ने गर्छन् ।
  • हप्तामा दुई वा तीनपटक सेक्स गर्ने व्यक्तिको अन्य व्यक्तिको भन्दा रोग प्रतिरोधात्मक क्षमता स्वत बढी हुने गर्दछ ।
  • श्रीमतीले आफ्नो यौन समस्या तुरुन्तै लोग्नेलाई भन्ने गर्छन् । तर, लोग्नेले आफूमा रहेको यौन समस्या लुकाएर राख्ने गर्छन् ।
  • पटक-पटक सम्भोग गर्ने पुरुषको दारी औसतभन्दा धेरै बढ्ने गरेको पाइएको छ ।
  • एक खोजका अनुसार, सिगरेट नपिउने व्यक्तिको  सेक्सप्रतिको  इच्छा, आनन्द  र सन्तुष्टि पिउने व्यक्तिको भन्दा धेरै हुनेगर्छ ।
  • एक खोजका अनुसार, जो केटाक्याम्पस पढ्ने उमेरमा सेक्समा लिप्त रहन्छ, उ प्रायः डिप्रेशनको सिकार हुन्छ । जबकि सेक्स नगर्ने केटा विद्यार्थीहरु नर्मल हुने गर्दछन् ।
  • रोमान्टिक उपन्यास पढ्ने केटीहरुले  पुस्तकहरु नपढ्ने केटीहरुको तुलनामा  सेक्सको अझ बढी आनन्द उठाउन सक्छन् ।
  • एक सोधका अनुसार, ७५५ जापानी महिलाहरुसंग भाईब्रेटर हुन्छ जुन उनीहरु सेक्स सन्तुष्टि पुरा गर्नका लागि प्रयोग गर्दछन, यो प्रतिशतका हिसाबले धेरै हो ।
  • सम्भोगका बेला विर्यमा रहेका लाखौँ शुक्रकिट महिलाको यौनांग हुँदै पाठेघर सम्म पुग्छन् । विर्यमा लाखौँ शुक्रकिट हुने भएपनि केवल एउटा शुक्रकिटले मात्र डिम्ब सँग मिल्ने मौका पाउँछ । डिम्ब र शुक्रकिटको मिलनपछि गर्भाधारण हुन्छ र भ्रुणको विकाश हुन थाल्छ । पाठेघरमा पुगेका अरु शुक्रकिट सोही डिम्बको वरीपरी जम्मा हुन्छन् । डिम्बको वरीपरी शुक्रकिटको थुप्रो देखिनुको अर्थ के हुन्छ भने त्यहाँ भित्र शुक्रकिट र डिम्बबीच मिलन भएको छ अर्थात् गर्भाधारण भैसकेको छ ।
  • पुरुषको यौनांगको औसत लम्बाई ५.६ इन्च हुन्छ, हालसम्म रेकर्ड गरिएको सबैभन्दा लामो १३.६ इन्चको हो छ भने  सबैभन्दा सानो १ सेन्टिमिटर हो ।
  • एउटा सर्वेका अनुसार, ६० प्रतिशत पुरुषहरु यो चाहन्छन कि सेक्सको लागी पहिला महिलाले प्रस्ताव राखुन ।
  • पारिवारिक अवस्थाले पुरुषको सेक्स हर्मोन टेस्टेस्टेरोनलाई प्रभावित गर्छ ।
  • खानपानले मानिसको सेक्सको क्षमतामा सबैभन्दा धेरै असर पार्छ ।
  • टेस्टेस्टेरोन पुरुषको सेक्स हर्मोन हो । तर यदि पुरुषको शरीरमा उच्च मात्रामा यो हर्मोनको उत्पादन भयो भने त्यसको असर नकारात्मक हुन्छ । शरीरमा उच्च टेस्टेस्टेरोन उत्पादन भएमा पुरुषमा सेक्सको इच्छा कम हुन्छ, उसले विवाहबाट आफ्नो अपमान भएको सम्झिन्छ जसका कारण उसको वैवाहिक र यौन जिवन बिथोलिन्छ ।
  • सम्भोगले मानिसले पीडा सहनसक्ने क्षमता बढाउँछ । सम्भोगको चरम सुखका बेला सरीरमा उत्सर्जन हुने हर्मोनले पीडा कम गर्दछ र पीडा सहने सीमा पनि बढाइदिन्छ ।
  • एक स्वस्थ पुरुषले एक हप्तामा यति धेरै शुक्रकिट स्खलन गर्न सक्छ की त्यसले विश्वका सबै महिलालाई गर्भाधारण गर्न पुग्छ ।
  • सम्भोग गरेलगत्तै पिसाब फेर्न गाह्रो हुन्छ र पिसाब निकाल्नै कठीन हुन्छ । यसको कारण छ । किनकी सम्भोगका बेला सरीरमा एन्टी ड्युरेटिक अर्थात् पिसाब प्रतिरोधी हर्मोन निस्किएको हुन्छ जसले पिसाबको प्रवाह रोकिदिएको हुन्छ । त्यसको असर सम्भोगको सत्र सकिएको केही समयसम्म पनि रहिरहन्छ ।
  • अध्ययन अनुसार हप्तामा कम्तिमा पनि तीन पटक सम्भोग गर्ने मानिसहरुमा बुढोपनाले छिटै सताउने समस्या कम हुन्छ ।
  • विश्वमा करिब ४२ लाख पोर्न वेबसाइट रहेका छन् र त्यसमा दसौं लाख पोर्नसम्बन्धी भिडियोहरू राखिएको छ ।
तपाईँको मत