वातावरण

हिमाली जिल्ला हुम्लामा हिमपात , जनजीवन कष्टकर

  • २७ मङ्सिर बिहीबार, २०७५ | १०:३०:०० मा प्रकाशित
symbolic photo

हुम्ला । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ ।

उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो । 

बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीय सञ्चारकर्मी रत्न भण्डारीले बताए ।

उत्तरी नाम्खा गाउँपालिकामा एक फिटभन्दा माथि हिमपात भएको छ । सदरमुकाम सिमकोटमा पनि बिहिबार बिहानदेखि हिमपातसँगै चिसो पनि बढेकोे छ । 

तपाईँको मत