विश्व

कृषि र व्यवसायबाटै चीनमा सन् २०१८ को अन्तसम्म ग्रामीण क्षेत्रको गरिबी असी प्रतिशतले मुक्त हुँदै

  • २७ मङ्सिर बिहीबार, २०७५ | ०९:४१:०० मा प्रकाशित

चीनको सामाजिक वैज्ञानिक प्रतिष्ठानले हालै (व्यवसाय मार्फत गरिबी निवारण निलो-पत्र,२०१८) सार्वजनिक गरेको छ । यस निलो-पत्रका अनुसार वितेका पाँच वर्षमा चीनमा ६ करोड ८५ लाख ३० हजार गरिब जनसंख्या गरिबीबाट मुक्त भएका छन् । प्रत्येक वर्ष एक करोड जनता गरिबीबाट मुक्त हुँदै चीनको गरिबी निवारणको इतिहासमा सबैभन्दा राम्रो उपलब्धि सिर्जना भएको छ । यसका साथै गरिबी न्युनीकरण कार्यमा ठूलो योगदान गर्दै आएको चिनियाँ व्यवसाय नै गरिबी सहायताको मुख्य सामाजिक शक्ति बनेको छ।

चीनको सुधार तथा खुलापन भएको चालीस वर्षयता चीनको गरिबी सहायता नियम पहिलेको मालसामान तथा आर्थिक वितरणबाट वर्तमान शक्ति भित्र्याइने विकास मोडेलसम्म परिवर्तन भएको छ । सहायता लक्ष्य पहिलेको गरिब क्षेत्रबाट वर्तमान गरिब जनतासम्म परिवर्तन भएको छ । जसबाट चीनको गरिबी सहायता नियम अझ प्रभावकारी बन्दै गएको देखिन्छ । यसप्रति चीनको राज्य परिषदको गरिबी सहायता कार्यालयको सामाजिक शक्ति उत्साह विभागका प्रमुख वाङ्ग ता याङ्गले भन्नुभयो- 'व्यवसायको सहायता,रोजगारको सहायता,ई-वाणिज्यको सहायता,पर्यटनको सहायता आदि शृङ्खलाबद्ध कदमले प्रभावकारी रुपमा गरिब क्षेत्रमा नयाँ व्यवसायको विकासलाई प्रवर्द्धन गरेको छ । गरिब क्षेत्रमा ठूलो परिमाणको विशेषतायुक्त व्यवसाय प्रवर्द्धन भएको देखिन्छ । वितेका पाँच वर्षयता राष्ट्रिय स्तरीय गरिब क्षेत्रको कूल उत्पादन मात्रा औसत प्रतिवर्षमा राष्ट्रिय औसत स्तरभन्दा २.२ प्रतिशतले बढेको छ । विकास प्रवर्द्धन शक्ति स्पष्ट रुपमा बढेको देखिन्छ ।

यस निलो-पत्रको पूर्वानुमानअनुसार सन् २०१८ को अन्तसम्म चीनको वर्तमान मापदण्डमा आधारित ग्रामीण क्षेत्रको गरिबी जनसंख्या असी प्रतिशतले घट्नेछ भने साट्ठी प्रतिशत गाउँ गरिबीबाट मुक्त हुनेछन् र पचास प्रतिशत जिल्ला गरिबीबाट मुक्त हुनेछन् ।

निलो-पत्रले चिनियाँ व्यवसायको सक्रिय सहभागिताले चीनको गरिबी निवारण कार्यलाई निकै ठूलो योगदान पुर्‍याएको भन्दै अधिक गतिशील भएको आधुनिक आर्थिक संगठनको रुपमा रहेको व्यवसायले अरु नवीन सिर्जना गरी गरिबी निवारणसम्बन्धी धेरै नयाँ मोड र अनुभव पाएको उल्लेख गरेको छ । सन् २०२० सम्म चीनले चौतर्फी रुपमा समापन समाजको निर्माण गर्दै ग्रामीण क्षेत्रमा गरिब जनसंख्या सबै गरिबीबाट मुक्त हुने लक्ष्यलाई साकार तुल्याउने छ । हाल चीनमा मापदण्डबमोजिम लगभग तीन करोडभन्दा बढी गरिब जनसंख्या रहेको छ। चीनको गरिब निवारण कार्य निरन्तर अगाडि बढेको देखिन्छ।एजेन्सीको  सहयोगमा 

तपाईँको मत