कला

अहो ! क्या गजबको चलन आयो (गजल...)

अहो ! क्या गजबको चलन आयो,
झन बढेर रङहरुकै प्रदर्शन आयो ।।

बेनामी गराउन चल्छन् हावा हुरी, 
भन्दैछन् स्यालले परिवर्तन आयो ।।

नबोलुन्जेल राम्रो पोसाकमा मूर्ख,
बोले डर छ सोच्लान दुर्जन आयो ।।

कतै हिँड्नु हुन्न बाटो छेक्छ नाती,
भन्छन् हजुरबा के?उल्झन आयो ।।

नसुती पहेरदारी गर्छ उल्लु,कागले,
तक्मा पायो र उसैको वर्णन आयो ।।

तपाईँको मत