गाउँ सहर

ढुङ्ग्रे खोलामा डुबेर एकको मृत्यु

  • २६ मङ्सिर बुधबार, २०७५ | १९:५२:०० मा प्रकाशित
सांकेतिक फाेटाे

चितवन । चितवन राप्ती नगरपालिकास्थित ढुङ्ग्रे खोलामा डुबेर आज एक जनाको मृत्यु भएको छ । 

मृत्युहुनेमा राप्ती नगरपालिका–६ फूरबारीका ३६ वर्षीय बिसरा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

ढुङ्ग्रे खोलाको पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको हो । सो घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस 

तपाईँको मत