गाउँ सहर

लेखा समिति बैठकमा सांसदहरुबीच विवाद

राष्ट्रपतिको गाडी खरिद प्रकरण

तस्बिरः रासस

काठमाडौँ । संसदकाे विभिन्न समितिहरूमा अहिले निकै चर्काचर्की हुने गरेकाे घटना नाैलाे हाेइन । किनकी अाेकल्ने र अाेकाल्ने ठाउँ भनेकै यही हाे । अस्तिमात्रै प्रहरी महानिरीक्षक खनाल चर्चामा रहे, तर लेखामा हाेइन संसदकै अर्कै समितिमा । अहिले निकै चर्चित बनेकाे र बनाइएकाे छ ।

उनले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको बताउँदै अनुसन्धानमा प्रमुखका रुपमा कमजोरी देखिए संसद्मा राखेर बर्दी खोलिदिए हुने बताएका थिए । यही साेमबार संसदीय समितिलाई जानकारी दिँदै उनले साे कुरा बताएका थिए । पक्ष र विपक्षमा यही भनाईलाई लिएर राेइलाे जारी पनि छ ।

खनालकाे भनाई सेलाउन नपाउँदै अाज बुधबार अर्कै केहिसमयबाट बहुचर्चित बनेकाे राष्ट्रपतिको गाडी खरिद प्रकरणको विषयलाई लिएर संसदीय समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच नराम्रै विवाद भएको छ ।

सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा समितिमा छलफल गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेपछि दुई दलका सांसदबीच विवाद भएको थियाे ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा समितिमा छलफल गर्नुपर्ने माग गरे । तर, त्यसको प्रतिवाद गर्दै सत्तारुढ नेकपाका सांसद सूर्य पाठकले संसदीय समितिलाई कामै गर्न नदिने नियतका साथ सो प्रस्ताव आएको दाबी गर्दै तत्कालै आपत्ति जनाएका थिए ।

बैठकमा वाइडबडी विमान खरिद सम्बन्धमा छलफल सकिएपछि सुरु भएको विविध शीर्षकअन्तर्गतको छलफलमा भाग लिँदै कांग्रेस नेता रिजालले राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा संसदीय समितिले जानकारी लिन पाउनुपर्ने बताएपछि दुई दलका नेताहरुबीच भनाभन सहित विवाद सुरु भएको थियो ।

कांग्रेस नेता रिजालको सो प्रस्ताव सार्वजनिक लेखा समितिको क्षेत्राधिकार भित्रसमेत नपर्ने सत्तारुढ नेकपाका सांसद पाठकको तर्क थियो । उनले सार्वजनिक लेखा समितिले सरकारको सबै क्षेत्रको अध्ययन गर्न नसक्ने दाबी पनि गरे । बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका अर्का सांसद राजन केसीले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्न तत्कालीन सरकारले जम्मा गरेको बजेटबारे जानकारी गराउन पनि सरकारसँग माग गरेका थिए ।

दुवै दलका सांसदबीच राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा विवाद भइरहँदा बैठकमा समितिको वार्षिक कार्ययोजना बनाएर अघि बढ्ने विषय ओझेलमा पारिएको भन्दै सत्तारुढ दलका सांसदहरुले सभापति भरतकुमार शाहप्रति असन्तुष्टि जनाएका थिए ।

राष्ट्रपति भण्डारीलाई १८ करोड रुपैयाँको गाडी खरिद गर्ने सरकारको तयारी भन्ने विषय बाहिर आएपछि सोही विषयलाई लिएर सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल काग्रेसका सांसदहरुबीच विवाद भएको हो । यही शिर्षकले वार्षिक कार्ययाेजना अाेझेलमा पारिएकाे भन्दै सत्तारूढका सांसदहरूले सभापतिसँग अापत्ती जनाएका थिए ।

तपाईँको मत