विश्व

मध्यप्रदेश र राजस्थानमा काे बन्ला सीएम ? साँझसम्म नाम आउन सक्ने

  • एजेन्सी
  • २६ मङ्सिर बुधबार, २०७५ | १४:५३:०० मा प्रकाशित

नयाँ दिल्ली । मध्यप्रदेश र राजस्थानमा बसपाको समर्थनपछि काँग्रेसले सरकार बनाउने कोसिसलाई बढाएको छ । मध्यप्रदेशमा कांग्रेसले राज्यपाल अनंदीबेन पटेलसँग मिलेर सरकार बनाउने दावी पेश गरेको छ । सोही ठाउँमा साँझ चार बजे विद्यायक दलको बैठक बोलाइएको छ जहाँ मुख्यमन्त्रीको नाम टुंगिन सक्छ । उता राजस्थानमा कांग्रेसले विद्यायक दलको बैठक बोलाएको छ । मध्यप्रदेश र राजस्थानमा सीएम पदको उम्मेद्वार घोषणा हुने बताइएको छ ।

मध्यप्रदेशको विद्यान सभा चुनावमा ११४ सिटका साथ कांग्रेसले बसपा र सपाको समर्थन मिलेपछि बुधबार प्रदेशको राज्यपाल आनंदी बेन पटेल समक्ष सरकार बनाउन दावी पेश गर्यो । प्रदेश कांग्रेस समितिका अध्यक्ष कमलनाथ, पार्टीका वरिष्ठ नेता ज्योतिरादित्य सिंधिया र अन्यसहित विहान राजभवन पुगेका थिए ।

कांग्रेसलाई यी ठाउँमा यो सफलता १५ वर्षपछि प्राप्त भएको हो ।
 

तपाईँको मत