राजनीति

सरकार असफल भइसकेको सिंहको आरोप

रामेछाप । नेपाली कांग्रेसका नेता तथा पूर्व उपसभापति प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकार पुर्ण रुपमा असफल भएको दावि गरेका छन् । 

लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा आयोजना गरेको दोस्रो बीर गणेशमान सिंह स्मृति जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै सरकार असफल भइसकेको बताएका हुन् । 

उनले नेकपाबाटै सरकारको आलोचना सुरु भएको दावि गर्दै सरकारले गर्नुपर्ने भन्दा आनावश्यक काममा हात हालेर विवादमा मुछिने काम गरेको भन्दै आरोप लगाए । नेता सिंहले दुई तिहाईको धक्कु लगाउने संघीयता कार्यान्वयनमा आवश्यक कानून निर्माण समेत गर्नै नसकेको भन्दै धाँक लगाउनु आवश्यक नरहेको बताए । 

नेता सिंहले सरकारले कुटनीतिक मर्यादा पनि भुलेको आरोप लगाएका छन् । विदादास्पद संस्थाको कार्यक्रममा सरकार नै आयोजकका रुपमा प्रस्तुत हुनु मुलुकका लागि लज्जास्पद भएको भन्दै उनले सुरक्षा र कुटनीतिक मर्यादा भुलेर एनजीओ र आईएनजीओको पछि लाग्नु दुखद भएको बताए । 

लोकतान्त्रिक खेलकुद संघ रामेछापले आयोजना गरेको कार्यक्रममा जिल्लाका १८ टिम सहभागी रहेको र भोलीबाट खेल संचालन गरिने संघका अध्यक्ष रमेश खड्काले जानकारी गराए । 
 

तपाईँको मत