अर्थतन्त्र

नेपालको आर्थिक अवस्थाबारे आइएमएफको चासो

  • रासस
  • २५ मङ्सिर मंगलबार, २०७५ | १८:३९:०० मा प्रकाशित

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रतिनिधिले नेपालको विद्यमान आर्थिक अवस्थाबारे चासो दिँदै यहाँस्थित उद्योगी व्यवसायी तथा उद्योगीसँग जानकारी लिएका छन् ।

आइएमएफका प्रतिनिधि र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच आज भएको छलफलमा नेपालको वर्तमान व्यापार, पर्यटन तथा लगानीका विभिन्न अवस्था र आयामबारे जानकारी लिएको चेम्बरले जनाएको छ । 

आइएमएफ, एसिया एण्ड पेसिफिक डिपार्टमेन्टका डेपुटी डिभिजन चिफ जेरार्ड जे अल्मेकिन्डर्सलगायतका प्रतिनिधिमण्डलका सदस्यले नेपालको आर्थिक अवस्थाबारे चासो व्यक्त गर्नुभएको थियो भने चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको अर्थतन्त्र तथा आर्थिक विकासबारे प्रकाश पारेका थिए ।  

तपाईँको मत