राजनीति

वर्तमान सरकारले शक्तिको दुरुपयोग गरेको आरोप

कांग्रेसको राजनीतिक प्रस्ताव

काठमाडौँ। नेपाली कांग्रेसले  नेपाल कम्युनिष्ट पार्टीले संविधानको भावना र मर्ममाथि प्रहार गरी शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ । बुधबार राजनीतिक प्रस्ताव मस्यौदा समितिका संयोजक एवं पार्टीका उपसभापति विमलेन्द्र निधिद्वारा केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेको नेपाली कांग्रेसको राजनीतिक प्रस्ताव बारे जानकारी दिँदै प्रवक्ता विश्व प्रकाश शर्माले संसदमा दुई तिहाई सरहको शक्ति आर्जन गर्नासाथ  नेकपाले लोकतन्त्रप्रतिको विश्वास र निष्ठामा शंका भएकाे बताए ।

विज्ञप्तिमा ‘०७ सालको जनक्रान्तिमा नेपालका कम्युनिष्टहरुको कुनै भूमिका थिएन । तर, ०७ को परिवर्तनपछिको राजनीतिक वातावरणलाई विथोल्न कम्युनिष्टहरूको नकारात्मक भूमिकाले मद्दत पुगेको इतिहास सिद्ध छ । ०१५ को संसदीय निर्वाचनमा सहभागी हुनु कम्युनिष्ट आन्दोलनको पहिलो सकारात्मक कदम थियो । ०१७ मा राजा महेन्द्रले गरेको ‘कु’ पछि कम्युनिष्टहरू अनेक धारमा विभाजित भए । पुष्पलाल र उनका अनुयायीहरू संसद प्रतिस्थापनको मागमा काँग्रेससँग सहमत भई संघर्षमा संलग्न भएपनि २०१८ पछि विभिन्न चिरामा विभाजित बहुसंख्यक कम्युनिष्ट समूहहरू राष्ट्रियताको तथाकथित नारामा प्रत्यक्ष–अप्रत्यक्ष राजा महेन्द्रको संरक्षणमा हुर्किएका हुन् । ०३६ सालको जनमत संग्रहमा समेत कम्युनिष्टहरू विभाजित नै रहे र उनीहरुको ठूलो तप्का पञ्चायतको पक्षमा प्रयोग भयो ।’ भनिएकाे छ ।

हेर्नुहाेस राजनीतिक प्रस्तावकाे मस्याैदा

 

 

तपाईँको मत