ज्योति विकास बैंकको नयाँ शाखा तनहुँ आबूखैरेनीमा
- गाउँ सहर संवाददाता
- २५ मङ्सिर मंगलबार, २०७५ | १६:४५:०० मा प्रकाशित
काठमाडौँ । ज्योति विकास बैंकले तनहुँ जिल्लाको आबूखैरेनीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
आबूखैरेनी गाउँपालिका वडा नं ३, आबूखैरेनीमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गिरबहादुर थापा तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमकाबीच मंसिर आज मंगलबार संयुक्त रुपमा उद्घाटन गरे ।
हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो विकास बैकलाई प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
- सहकारीको रकम अपचलनबारे गृहमन्त्री रविले फेसबुकमार्फत दिए यस्ताे स्पष्टीकरण
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः दाबी पेस गर्न आह्वान
- नेप्सेमा १४.८१ अंककाे गिरावट
- आजदेखि सेतो मत्स्येन्द्रनाथ रथयात्रा
प्रतिकृया दिनुहोस