कला

तिमीले जितेर मलाई हराई दियौ

गजल...

तिम्ले यति सताउनु रहेछ सताई दियौ,
हिजो दिलमा राखेर आज हटाई दियौ ।।

आखिर त्यो नजर पनि खेलाडी रहेछ,
ब्यर्थै यी आँखामा सपना सजाई दियौ ।।

भरोसा र बिश्वासहरु कहानी भएछन्,
न भुलिन्छन् याद न भुल्ने बनाई दियौ ।।

भन्थ्यौ त नखेल्नु कहिल्यै भावनासँग,
आज निर्दोष यो मनलाई जलाई दियौ ।।

जिन्दगी एउटा हार,जितकै कथा रहेछ,
जहाँ तिमीले जितेर मलाई हराई दियौ ।।

२४/०८/२०७५

तपाईँको मत