विश्व

भारतीय केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा

  • रासस/एएफपी
  • २४ मङ्सिर सोमबार, २०७५ | २१:१०:०० मा प्रकाशित

नयाँदिल्ली । भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उनले राजीनामा दिएकाे बताइएको छ । 

राजीनामा दिएपछि रिजर्भ बैंक अफ इन्डीयाका गभर्नर उर्जित पटेलले भने आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न नसकेकाले राजीनामा दिनुपरेको बताइएको छ । सरकारले गरेका कतिपय दबाबलाई थेग्न र सहमत हुन नसकेर उनले राजीनामा दिएकाे स्रोतले जनाएका छन् । 

केन्द्रीय बैंकको नीतिमा सरकारका तर्फबाट पटकपटक दबाब आएको समाचार यसअघि सार्वजनिक हुँदै आएका थिए । भारतमा कतिपय विज्ञहरूले उनलाई कुशल गभर्नरका रूपमा लिने गरेका छन् । उनको राजीनामासँगै भारतमा नयाँ आशङ्का र चिन्ता पनि छाएको छ । 

तर सरकार भने केन्द्रीय बैंकबाट सन्तुष्ट नभएको देखिएको थियो । विषेश गरेर व्याजदर, भारतीय मुद्राको मूल्यलगायतका विषयमा भारतमा अहिले विवाद चर्किंदै गएको छ ।  

तपाईँको मत