प्रेरणा

छुट्टीको मज्जालाई ‘सिरिङ्ग’ बनाइदिन सक्छ यो लापरवाहीले

नयाँ वर्ष र जन्मदिन पार्टीमा विशेष सावधानी

WBUR

वाशिंटन । जाडो विदा नजिकै आइरहेको छ । यो छुट्टीमा तपाइँको साथी वा आफन्तसँग घुम्ने योजना बनाउँदै हुनुहोला । यस्तो अवस्थामा होटल, रेस्टुराँमा खानपिन अवश्य हुनेछ । क्रिसमस वा नयाँ वर्ष (सन्) को अवसरमा केक काटेर रमाइलो गर्ने परम्परा नै बनिसकेको छ । अमेरिका स्थित क्लेमसन यूनिर्भसिटीमा आहार विशेषज्ञ पाल डासन र ब्रेन सेलडनले यही कुरालाई मध्येनजर गर्दै आफ्नो उनले नयाँ पुस्तक ‘डिड यू जस्ट ईट दैट’ मा मोजमस्तीमा बढेको केही लापरवाहीलाई प्रस्ट्याएका छ जुन कुराले तपाइँलाई बिरामी बनाउन सक्दछ । 

३१ डिसेम्बरको राती केक काटेर पुरानो साललाई अलविदा भन्ने र नयाँ वर्षको स्वागत गर्नको मज्जा नै फरक हुन्छ । तर यसपटक तपाइँ जब केक काट्नुहुन्छ त्यसमा ममबत्ती नजलाउनुहोस् । कुरा के छ भने ममबत्ती फुक्ने समय मुखमा रहेको हानिकारक जीवाणु केकमा जान्छ । डासन र सेलडनलेले आफ्नो अध्ययनमा देखे कि जुन केकमा ममबत्ती जलाएर बुझाइएको थियो, त्यसको सतहमा बिना ममबत्तीको काटिएको केकको भन्दा तीन हजार बढी जीवाणु बाँकी थिए । यो जीवाणु केक खानेहरु रुघा, खोकी जस्ता संक्रमण फैल्याउन सक्षम थिए । 

होटल या मलमा वाशरुमको प्रयोग गर्नुहुन्छ भने हात धोएपछि एयर ड्रायरबाट हात नसुकाउनुहोला । डासन र सेलडनको शोधमा सार्वजनिक स्थलको वाशरुममा राखिएको एयर ड्रायरमा १८ हजार भन्दा बढी ब्याक्टेरिया पाइएको उल्लेख छ । हात सुकाउने समयमा यी ब्याक्टेरियाहरु एयर ड्रायरबाट निक्लिएको हावाबाट हातमा आउँछन् । तसर्थ, अध्ययनमा हातलाई रुमालले पुछेर सुकाउन सल्लाह दिइएको छ । यसले हत्केलामा ब्याक्टेरियाको संख्या ४२ प्रतिशत सम्म घटाउँछ । 

राती बढी खान खाएपछि त्यसलाई पचाउनको लागि निबु पानी खान रुचाउनुहुन्छ ? कोल्डड्रिंक पिउन शौखिन हुनुहुन्छ, तर बर्फबिना मज्जा आउँदैन ? यदी हो भने तपाइँ यो बानी घरसम्म मात्र सीमित राख्नुहोस् । होटल तथा रेष्टुराँमा निबु र बर्फको अर्डन नगर्दा नै बेश । कुरा के छ भने डासन र सेलडनले आफ्नो अध्ययनमा के देखाएका छन भने होटल, रेस्टुराँमा ग्राहकलाई दिने निबु र बर्फमा ई-कोलाई जस्तो घातक ब्याक्टेरिया रहेका थिए । त्यो ब्याक्टेरिया खानेपिउने माध्यमबाट पेटमा प्रवेश गरेर पेटको बिरामीलाई निमन्त्रणा गरिरहेको हुन्छ । 

भनिन्छ एउटा भाँडामा खाना खाँदा माया बढ्छ । तर यस्तो गरेर आफैँलाई बिरामी हुने आशंका उत्तिकै हुन्छ । डासन र सेलडनको अध्ययनबाट के कुरा देखिएको छ भने चम्चाबाट एउटै भाँडामा खाना या खाजा खाँदा प्रति मिलिमिटर ७० हजार भन्दा बढी ब्याक्टेरिया खानामा पस्दछन् । त्यही, कुरा हातबाट खाँदा करिब ८ लाख ब्याक्टेरिया प्रति मिलिमिटर हुन आउँछ । डासन र सेलडनले सिनेमाघरमा फिल्म हेर्ने समय पपकर्न (मकै) बाट बच्न पनि सल्लाह दिएका छन्, किनकी यसबाट कुर्सीमा भएका ब्याक्टेरिया पपकर्न हुँदै पेटसम्म पुग्न सक्छ । एजेन्सी

तपाईँको मत