खेल

चौथो मनहरा फुटबल : कागेश्वरी मनहरा ५ र अमरसिङ विजयी

  • २३ मङ्सिर आइतबार, २०७५ | २०:५१:०० मा प्रकाशित

काठमाडौँ । मुलपानी चौरमा शुरु  भएको चौथो मनहरा फुटबल कप -२०७५ फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा कागेश्वरी मनहरा ५ ले मूलढोका  युथ क्लबलाई पराजित गरेको छ ।  मुलपानी चौरमा भएको खेलमा कागेश्वरी मनहरा ५ ले कागेश्वरी मनहरा ५ले मूलढोका युथ क्लबलाई पेनाल्टी सुटआउट पराजित गर्दै विजयी भएको हो ।  यस खेलका मान अफ दि म्याच फुर्वा लामा भए ।

साथै अर्को खेलमा अमरसिङले बंर्मदिपलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।    अमरसिङका  तेज बहादुर बुढाथोकी म्यान अफ दि म्याच घाेषित भए । यस फुटबलको मूख्य प्रायोजक लुम्बिनी विकास बैंक रहेको छ  । 

 

तपाईँको मत