“यति धेरै बिस्कोट ल्याउनु भो । म थलापरेको मान्छेले कसरी तिरुँला ?”
बीस बर्ष अघिदेखी पक्षघात
- मानबहादुर श्रेष्ठ
- २३ मङ्सिर आइतबार, २०७५ | १८:१६:०० मा प्रकाशित
घरमा अन्न सकिएछ । छिमेक थिएन । भिक्षु भएको छोराको घर नजिकै थियो । त्यहीँबाट एकमाना चामल पैंचो मागेर बुढा/बुढीले छाक टारेछन् । त्यसै रात बुढा मरेछन् र छोराको गाईको गर्भमा प्रवेश गरेर बहर बनेर जन्मिएछन् । गोरु बनेर जोत्दा जोत्दा गरेपछि पाको भएर गोरु मरेछ । मरेको गोरुको खप्पर घैयाबारीमा खाँबो गाडेर झुण्ड्याएछन् ।
एक दिन घैया चोर्न चोर आयो । चोरलाई खप्परले भन्यो । “ए चोर ! आफ्नै छोराको एक मानु चामल तिर्न नसक्दा त १८ बाली जोतेर पनि ऋण मुक्त हुन नसकेर अझै घैया रुँग्दै छु । तैंले यति धेरै घैया चोरे पछि कति भुक्तमान काट्नु पर्ला ? विचार गरेको छस् ??”
यो सुनेपछि चोर अचम्मित भयो । उसको हृदय पग्लियो । साहसका साथ घैयाधनिलाई चोरेको घैया बुझायो । घटना वेलिविस्तार लायो । त्यसपछि छोराले गोरुको खप्पर काँशीसम्म लगेर विधिवत् संस्कार गरेर मुक्ति दिलायो । भन्ने कथा छ ।
“यति धेरै बिस्कोट ल्याउनु भो । म थलापरेको मान्छेले कसरी तिरुँला ?”
यो भनाई होस आज हामी स्वास्थ्य स्थिति बुझ्न जाँदा रामेछाप नपा-१, गोठपानीका मानबहादुर श्रेष्ठ-८० (हाल सूर्यविनायक, भक्तपुर) ।
यो भनाई हाम्रा निम्ति निकै ज्ञानवर्द्धक लाग्यो ।
बीस बर्ष अघिदेखी पक्षघात भएर थला पर्नुभएका श्रेष्ठको स्वास्थ्य स्थिति बुझेर फर्कियौं ।
प्रतिकृया दिनुहोस