कला

मेराे कवि

तिमी एउटा डायरीकाे पाना बनेर मेराे भावनाकाे काखमा पल्टिदिन सक्छौ ?

  • मिना डांगी
  • २२ मङ्सिर शनिबार, २०७५ | १०:२५:०० मा प्रकाशित
Fresno Arts Council

मेराे कवि के तिमी एउटा डायरीकाे पाना बनेर मेराे भावनाकाे काखमा पल्टिदिन सक्छौ ?

मेराे कवि

मेराे कवि के तिमी लामाे धागाे र सानाे सियाे बनेर

मेराे भाेगाइकाे माला उनीदिन सक्छौ ?

म फुल बनेर डालिभरि भरि थुप्रि दिनेछु

मेराे कवि

मेराे कवि म भन्दिन, मअक्षर भएर पाेखिँदा मिठासकाे अनुभुति दिन्छु

म त कलबिष तिताे, टर्राे छारिय अम्लिय पर्पराउँदाे चर्याउँदाे,

मेराे कवि

मेराे कवि मैले सहजता बाँचेकाे छैन, नाक ठाेक्किने उकालाे चढ्दा कुहिनाे ठाेक्किएर भड्खाराेमा मुर्छित, रातले शीत छम्किँदा ब्युँझिएकी छु

मेराे कवि

मेराे कवि मैले शितल पवनकाे उन्माद सँगै खुल्ला अाकासमा निलाे जुन मुस्कुराएकाे छैन

काला पट्टेर लाग्दा चिसा र तिखा सिरेटाहरुमा लुगलुगाउँदै उज्यालाेकाे सुइँको सम्म पत्ताे नलाग्ने निस्पट्ट कहाली हाँसेकाे छु

मेराे कवि

मेराे कवि, भन त के तिमी याे अापतकालिन घाेषणा पत्रकाे चित्र निष्पट्टताभित्र दियालो जलाई एउटा दस्तावेजकाे खेस्रा लेखी दिन सक्छौ ??

तपाईँको मत