कला

यो घर बिरानो भो

यो घर बिरानो भो
खुल्दैन झ्याल ढोका
चिन्दैन है कसैले
फुल्दैन जुही चम्पा
एक घुट्की चिसो पानी
पाउँदैन कोही बटुवा ।

बगानमा थियो एउटा ठूलो सिमल
गीत गाउँथ्यो चरी एउटा, कोमल–कोमल
सुक्यो पात, ढल्यो सिमल, कहाँ गयो चरी
छैन यहाँ कुनै छाया, गीत, सिमल केही ।
यो घर............

झलमल दियो जल्थ्यो, रातभरि
दुखियाले माया पाउँथे हातभरि
मसान झैँ अँध्यारोमा बस्छ यो घर आज
माया बसाइँ सरेछ कि सबै शून्य पारी ।
यो घर..........

तपाईँको मत