दृष्‍टिकोण

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाल विद्यार्थी संघ

काँग्रेसको प्राथमिकतामा परेको देखिँदैन

जननायक विश्वेश्वरप्रसाद कोइरालाले नेपाली जनतालाई अधिकार सम्पन्न गराउन विश्व राजनीतिबाट खारिएको प्रजातान्त्रिक व्यवस्थालाई नेपाली कांग्रेसको माध्यमबाट नेपालमा स्थापीत गराउनु भयो । नेपाली कांग्रेसको नेतृत्वमा भएको २००७ सालको जनक्रान्तिको सफलता पश्चात नेपालमा प्रजातन्त्रको स्थापना भएपनि स्थापना काल देखिनै  राजाले नेपालमा प्रजातन्त्रलाई खल्वल्याउने कोशिस गरेको हुँदा प्रजातन्त्र संस्थागत हुन सकेन । २०१४ सालको भद्र अवज्ञा आन्दोलनको परीणामस्वरुप २०१५ सालमा आम निर्वाचन सम्पन्न भयो ।आम निर्वाचनमा नेपाली काँग्रेसले प्राप्त गरेको जनसमर्थन पश्चात वी.पी. कोइरालाको नेतृत्वमा बनेको निर्वाचित सरकारले गरेका जनकल्याणकारी कार्यहरुबाट आप्नो स्वार्थ पुरा हुन नसकेपछि अत्तालीएका  राजा र राजतन्त्रका पृष्ठपोषकहरु प्रजातन्त्र समाप्त पार्ने खेलमा लागे । २०१७ साल पौष १ गते यीनै प्रतिगामीहरुको सक्रियतामा नेपालमा प्रजातन्त्र समाप्त गरीयो । प्रजातन्त्रको अपहरणपछि राजनैतिक दलका नेताहरु जेलमा तथा  प्रवासमा भूमिगत रहनु भयो । देश भित्र दल र दलका नेताहरुले खुल्ला गतिविधि संचालन गर्न सक्ने अवस्था नभएको अवस्थामा नेपालमा प्रजातान्त्रिक आन्दोलन अगाडि बढाउनका निम्ति २०२७ सालमा  नेपाल विद्यार्र्थी संघको स्थापना भएको थियो । 

राजनीतिको कठिन कालखण्डमा स्थापना भएर अत्यन्तै प्रतिकुल अवस्थामा हुर्किएको नेपाल विद्यार्थी संघले प्रजातान्त्रिक आन्दोलनको अग्रिम मोर्चामा रहेर आफनो इतिहास निर्मााण गरेको हो । २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापना कालदेखी २०६२/६३ सालको जन आन्दोलनसम्म देशमा भएका हरेक निर्णायक आन्दोलनहरुमा नेपाल विद्यार्थी संघले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । नेपाल विद्यार्थी संघको संघर्षशिल इतिहास र यसको सक्रियतामा भएका ऐतिहासिक आन्दोलनहरुबाट नेपाली जनतालाई अधिकार सम्पन्न गराउने झण्डै सात दशक देखिको लामो नेपाली काँग्रेसको प्रयासको परिणाम स्वरुप हाल देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था लागु भएको छ । 

बदलिएको नयाँ परिस्थितिमा गणतन्त्र संस्थागत गर्ने प्रयासमा खबरदारीको भूमिका निर्वाह गर्दै समुन्नत नेपाल निर्माणका निम्ति नेपाल विद्यार्थी संघले नेतृत्वदायी अग्रणी भूमिका निर्वाह गर्नु यसको ऐतिहासिक जिम्मेवारी हो  । देशमा राजनैतिक शक्तिहरु कमजोर हुँदै जाँदा नेपाली विद्यार्थीहरुले राजनैतिक स्वतन्त्रता र जनताका अधिकारको लागि झण्डा उठाउँदै आएका छन् । प्रतिकुल अवस्थामा समेत विचलित नभई प्रजातान्त्रिक आन्दोलनलाई गति दिएको नेपाल विद्यार्थी संघको भुमिका अहिले गतिहिन हुन पुगेको छ । नेपाल विद्यार्थी संघले नेपाली विद्यार्थीहरुलाई २१औ शताव्दिको चुनौतहरुलाई सामना गर्न सक्ने गरी देशमा शिक्षा नीतिको निर्माण र त्यसको वास्तविक कार्यान्वयनका निम्ति  आवाज उठाई गुणस्तरीय शिक्षाको लागी सरकारलाई घच्घच्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्नु पर्नेमा नेपाल विद्यार्थी संघ अहिले शक्तीहिन भएर विद्यार्थीका समस्या र परिवेशदेखि टाढिने र मात्र आफ्नो कायाविधि लम्व्याउने धुन भन्दा केहि देखिँदैन । अहिले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिदै गर्दा आफनो गतिविधि बढाइ क्याम्पस क्याम्पसका संघका कार्यक्रमहरु गर्नुपर्नेमा पार्टीका केन्द्रीय नेताको आदेश पालन मात्र गर्दा नेपाल विद्यार्थी संघ विचार र निर्णयहिन अवस्थामा गुज्रिएको छ । 

नेपाल विद्यार्थी संघको वर्तमान नेतृत्व ११ आैँ महाधिवेशनले पुर्याएको नेतृत्वदायी भूमिकामा आफ्नो समयावधि सकिँदा सम्म सिन्को भाँच्न नसकेकाले नेतृत्वको अंकुश या लाचारिपनको अनुमान गर्न सकिन्छ । वर्तमान नेतृत्वले समय बितिसकेपछि संघको कार्यविधि लम्व्याउने रणनीति सहित महाधिवेशनको कार्यतालिका घोषणा गर्ने र प्रतिनिधि खटाउने कार्य गरेको छ ।

नेपाल विद्यार्थी संघको वर्तमान नेतृत्व ११ आैँ महाधिवेशनले पुर्याएको नेतृत्वदायी भूमिकामा आफ्नो समयावधि सकिँदा सम्म सिन्को भाँच्न नसकेकाले नेतृत्वको अंकुश या लाचारिपनको अनुमान गर्न सकिन्छ । वर्तमान नेतृत्वले समय बितिसकेपछि संघको कार्यविधि लम्व्याउने रणनीति सहित महाधिवेशनको कार्यतालिका घोषणा गर्ने र प्रतिनिधि खटाउने कार्य गरेको छ । काँग्रेसका नेताहरु आफ्ना मान्छे र पार्टी महाधिवेशनमा आफ्नो गुटमात्र भित्राउने दाउमा देखिएको छ । एकले अर्काको आरोप प्रत्यारोप गरी जिम्मेवारीदेखि पन्छिने सकभर आफ्नो गुटको माध्यमबाट शक्ति हातमा पार्ने दाउमा देखिन्छ । नेपाल विद्यार्थीसंघको नेतृत्व हस्तान्तरणका लागि १२ औ महाधिवेशन माउ पार्टी काँग्रेसको प्राथमिकतामा परेको देखिँदैन । 

अहिले नेपाल विद्यार्थी संघ उमेर समुहले विभाजित हुनेछ । विद्यार्थी उमेर समुहका कारण एक समुहले अर्को समुहलाई हेर्ने नजर समेत गिर्दो अवस्थामा छ । भने ३२ वर्ष माथि र तल, हुनत उमेरसमुहले नेतृत्वको विषयमा विवाद पाएतापनि वास्तविकता समयमा अधिवेशन नहुनु र नेतृत्व पंक्तिले नै अधिवेशन नचाहनु प्रमुख समस्या हो ।  विद्यार्थीबिच खारिएको पंक्ति ३२ माथि अधिवेशन कुरेर बसेको समुहमा पर्छ । समय, नेतृत्व र निर्णय क्षमता जिम्मेवारी द्वारा प्राप्त हुनेहुँदा जिम्मेवारी वहन गरेको समुह ३२ मुनि परेको देखिँदैन । माथिल्लो समुह संघर्षशिल परिस्थिति र देशले नयाँ आयाम फेर्दाका साक्षी हुन भने तल्लो समुह धेरै महत्वकांक्षी र इतिहास तथा सामान्य नेपाली काँग्रेसको  व्याख्या गर्न सम्म नसक्ने अवस्थामा पाइन्छ । उच्च महत्वकांक्षा बोकेर अगाडि बढेको समुहले नयाँ नेतृत्व सम्हालेको खण्डमा नेपाली कांग्रेसलाई त्यो विद्यार्थी नेतृत्वले कति सहयोग पुर्याउला र  शिक्षाको गति कता लाग्ला अनुमान लगाउन सकिन्छ । 

अहिले कुलबहादुर गुरुङ नेतृत्व रहेको वीपी विचार राष्ट्रिय समाज पनि आफ्नो विद्यार्थी विभाग बनाएर देशभरिका क्याम्पस तथा विद्यार्थी माझ आफ्नो गतिविधिलाई अगाडि बढाईरहेको छ ।  यसलाइै  नेपाल विद्यार्थी संघको गतिविधिमा महत्वपुर्ण मानिएको छ । वीपीलाई आदर्श मान्ने काँग्रेसको पुरानो दुई पक्ष भन्दापनि दोस्रो पुस्ताका नेताहरु द्वारा निर्मित गुट र उपगुट त्यसका विभिन्न शाखाहरु हेर्ने हो भने वास्तविक वीपी लगायत पहिलो पुस्ताको नाम समेत हराउँदै जाने निश्चित छ । यसरी वीपीको सिद्धान्त तथा मार्ग आ–आफ्नो शैलीमा व्याख्या गरी आफ्नै सर्वश्रेष्ठ मान्न दवाव दिने नेतृत्वपंक्ति बाटो बिराउँदै गएको अनुमान गर्न गाह्रो छैन । 

वीपीको सिद्धान्त र नाम भजाउँदै देशमा नेतृत्वको वागडोर सम्हाल्ने काँग्रेस र त्यसका नेताहरु गुट र उपगुटको चुंगुलमा परि राष्ट्रिय हित र प्रजातन्त्रको व्याख्या नै गलत गर्नमा व्यस्त छन । काँग्रेस पार्टीभित्र सानातिना वैमानस्यता त पुरानै रोग हो तर नयाँ विद्यार्थी नेतृत्व पंक्तिमा पुगे आफू सकिने डरमा रहेको, दोस्रो पुस्ताका नेताहरु आदेश पालक विद्यार्थी नयाँ नेतृत्वको खोजीमा रहेको बुझिन्छ । 

एउटा महत्वपुर्ण ऐतिहासिक अंश बोकेको नेपाली काँग्रेस र त्यसको अनुकुल प्रतिकुल समयमा देशका विभिन्न परिवर्तनको मुख्य सम्वाहक भातृ संगठन आफ्नो नेतृत्व तथा प्रजातन्त्र शक्तिशाली बनाउन सहयोग पुर्याउने नेविसंघको उत्पादन नर्सरी नै सखाप हुन लागेको हुँदा फेरि देश र जनताले अर्को इतिहास सिर्जना गर्न विद्यार्थीबीच शिला खोज्ने दिन नआइरहला भन्न सकिँदैन । विद्यार्थी शक्ति त्यो शक्ति हो जसले एउटै समयमा देशभरबाट आधा जनताको प्रतिनिधित्व गर्दछ । स्मरण रहोस विद्यार्थी सहयोग नभई कुनैपनि परिवर्तन सम्भव छैन । विद्यार्थी नेतृत्व भोलिको राष्ट्रिय नेतृत्वका लागि खारिएको उर्जाशिल नेविसंघ बनाउन पार्टी नेतृत्व लागि रहोस । त्यसैले समय, शक्ति, विचार र नेतृत्वलाई सहि निर्णय दिनु नेपाल विद्यार्थी संघको प्रमुख भूमिकाको खोज गर्नु जरुरी देखिन्छ ।

लेखिका खनाल वीपी विचार राष्ट्रिय समाज विद्यार्थी विभागकी महासचिव हुन् ।

तपाईँको मत