महासङ्घको ठहर : ऋणको व्याज बढाइदा लगानीमा असर
- गाउँ सहर संवाददाता
- २० मङ्सिर बिहीबार, २०७५ | २२:३१:०० मा प्रकाशित
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले बैंक तथा वित्तीय संस्थाले एकतर्फीरुपमा ऋणको व्याजदर बढाएकामा गुनासो गरेको छ ।
एकतर्फीरुपमा व्याज बढाउँदा उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक असर पर्ने भन्दै महासङ्घले लगानी निरुत्साहित हुन सक्नेतर्फ चिन्ता व्यक्त गरेको छ ।
नयाँ परियोजना ल्याउन नसकिरहेको अवस्थामा एकतर्फीरुपमा ऋणको व्याज बढाइनुसमेत गलत भएको महासङ्घले उल्लेख गरेको छ ।
महासङ्घले सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रका जिम्मेवार पदाधिकारीलाई नेपालको उद्योग क्षेत्रको प्रतिस्पर्धी क्षमता ह्रास हुन गएकाले उद्योग व्यवसायका क्षेत्रमा नकारात्मक प्रभाव परी लगानीसमेत निरुत्साहित हुन गएको जानकारी गराउँदै आएकोसमेत बताइएको छ ।
बढ्दो व्याजदरले लगानी सङ्कुचित भई सरकारले लिएको आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य र थप पाँच लाख रोजगारी वृद्धिको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने स्पष्ट पारेको छ । बैंक तथा वित्तीय संस्थाले पुनःहालै व्याजदर वृद्धि गर्नेक्रम शुरु गरेको र अव्यवहारिक ढङ्गले एकतर्फीरुपमा व्याजदर बढाइदा विगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीमा समेत प्रत्यक्ष प्रभाव पर्ने महासङ्घको ठहर छ ।
अस्वभाविक तवरले भइरहेको व्याजदर वृद्धिलाई निश्चित सीमाभित्र रहने वातावरण कायम गर्न सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई महासङ्घले आग्रह गरेको निमित्त महाप्रबन्धक गोपालप्रसाद तिवारीले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस