गाउँ सहर

ठक्करबाट बालिकाको मृत्यु

  • रासस
  • २० मङ्सिर बिहीबार, २०७५ | २१:२०:०० मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ सरकारीधारामा माइक्रोबसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । 

सामाखुशीको सडकमा आज बा१ज ८४५९ नं को माइक्रोबसको ठक्करबाट झापा केचना गाउँपालिका–३ का तीन वर्षीया जिया यादवको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता जितेश दाहालका अनुसार गम्भीर घाइते यादवको उपचारका क्रममा कान्ति बाल अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । 

तपाईँको मत