विश्व

इन्डोनेसियामा १६ ‘मजदूर’ मृत फेला, विद्रोहीले हत्या गरेको आशङ्का

  • रासस/एएफपी
  • २० मङ्सिर बिहीबार, २०७५ | २०:३८:०० मा प्रकाशित

वामेना, इन्डोनेसिया । इन्डोनेसियाको सुरक्षा फौजले बिहीबार १६ जनाको शव भेटिएको जनाएको छ । 

पपुआ प्रान्तमा भएको घटना पृथकतावादी विद्रोहीहरूले केही दिन पहिले गराएको हुनसक्ने सरकारी अधिकारीहरूले बताएका छन् । 

मारिएकाहरू निर्माण मजदुर रहेको विश्वास गरिएको छ । हिंसामा परी उनीहरु मारिएको प्रारम्भिक विवरण आएपनि पुरै विवरण भने आउन बाँकी रहेको प्रहरीले बताएको छ । 

अधिकांश मृतकको शरीरका विभिन्न भागमा गोली लागि बनेका घाउ भेटिएका र केही व्यक्तिको घाँटी रेटी हत्या गरिएको हुनसक्ने आशङ्कामा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । 

पहाडी तथा दुर्गम क्षेत्र डुगा जिल्लामा गत आइतबार विद्रोहीले उक्त हिंसा गरेको हुनसक्ने प्रहरीले थियो । घटनास्थलबाट उनीहरूको शव तिमिकामा पठाइएको स्थानीय सैन्य प्रमुख बिन्सार सिनीपारले जानकारी दिए ।  

मृत्यु भएकाहरूको पहिचान सुरक्षाकर्मीहरूले खुलाएका छैनन् भने उनीहरू कसरी मारिएका थिए भन्ने बारेमा पनि जानकारी दिइएको छैन । 

स्थानीय सञ्चारमाध्यमहरूले उक्त घटनामा २४ देखि ३१ जनासम्मको मृत शरीर भेटिएको समाचार संप्रेषण गरेका छन् । 

तपाईँको मत