गाउँ सहर

सर्वोच्च अदालतद्वारा पूर्वप्रहरी महानिरीक्षक बोहराले गैरकानुनी सम्पत्ति आर्जन नगरेको ठहर

फाइल तस्बिर

काठमाडौं । भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले सफाइ पाएका छन् ।

बिहीबार सर्वोच्च अदालतमा न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै बोहरालाई सफाइ दिने फैसला गरेको हो ।

विशेषले उनलाई २०६८ सालको चैतमा सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै कैद र जरिवाना सुनाएको थियो।

 

बिहिबार न्यायाधीश सारदा प्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिएको हो।

विशेष अदालतले २०६८ चैतमा बोहराको २६ लाख ८३ हजार ४ सय ८५ रुपैयाँ ७८ पैसा अवैध आम्दानी देखिएको भन्दै सो बराबरको बिगो जरिवाना र १ वर्ष कैद सजाय सुनाएको थियो । त्यसविरुद्ध बोहराले २०६९ मंसिर २९ गते सर्वोच्चमा पुनरावेदन गरेका थिए । सरकारी ओहोदामा रहँदा २ करोड ३८ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले उनीविरूद्ध १४ वर्ष अघि मुद्दा दायर गरेको थियो।

गाउँ सहर संवाददाता

तपाईँको मत