बलिउड नायिका सनी लियोनको नेपाली गीत ‘सन्नी हो मेरो नाम’ मा बोल्ड डान्स
- गाउँ सहर संवाददाता
- २० मङ्सिर बिहीबार, २०७५ | १५:५७:०० मा प्रकाशित
काठमाडाैं । बलिउड नायिका तथा आइटल गर्ल सनी लियोनीले एक नेपाली फिल्मका लागि कम्मर मर्काएर नाचेकी छिन् ।
नेपाली फिल्म ‘पासवर्ड’ का लागि लण्डनमा ‘सन्नी हो मेरो नाम’ बोलको गीतमा उनले आइटम डान्स गरेकी छिन् ।
उक्त गीतमा नाच्न सनीले महङ्गो पारिश्रमिक लिएको जनाइएको छ । उक्त गीतको सम्पूर्ण छायाँकनमा मात्र निर्माण टिमले पाँच करोड नेपाली रुपैयाँ खर्चिएको बताइएको छ ।
२ दर्जन भन्दा बढी फिल्महरुमा द्वन्द्व निर्देशन गरेसकेका सम्राट बस्नेतले फिल्म ‘पासवर्ड’लाई निर्देशन गर्दैछन् । उनको यो ठूलो पर्दाको नेपाली फिल्ममा डेब्यु निर्देशन हो ।
अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतमा भारतीय कोरियोग्राफर विष्णुदेभाले कोरियोग्राफ गरेका छन् । फिल्ममा सनी सो गीतमा मात्र देखिन्छिन भने विक्रम जोशी (विक्की), अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रवीण खतिवडा, लिशा सुनार, परि राना लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
- सहकारीको रकम अपचलनबारे गृहमन्त्री रविले फेसबुकमार्फत दिए यस्ताे स्पष्टीकरण
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः दाबी पेस गर्न आह्वान
- नेप्सेमा १४.८१ अंककाे गिरावट
- आजदेखि सेतो मत्स्येन्द्रनाथ रथयात्रा
प्रतिकृया दिनुहोस