प्रविधि

डिस हाेमकाे फ्रि-अफर मंसिर २९ सम्म

काठमाडाैँ । एक मात्र स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिसहोमले उपभोक्ता माझ ल्याएकाे ‘डिस होम फ्री अफर’ योजना यहि मंसिर २९ गते सकिने भएकाे छ ।

भदौ १ गते बाटै ल्याएको अफर योजना यहि २९ गते सकिने कम्पनीले बताएकाे हाे ।

योजना अन्तर्गत ग्राहकले डिस होम रिचार्ज गर्दा ग्राहकले जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्ने छन् ।

अफरमा ‘चम्किनेछ भाग्यमा श्री, रिचार्ज गर्दा डिसहोम फ्रि’ र ‘जति धेरै रिचार्ज त्यति धेरै बोनस’ अफरपनि सञ्चालन गरिरहेको छ । कम्पनीले ‘खुसी अन गरौँ’ अन्तर्गत ५९९९ को डिस होम जोड्दा रु ३००० छुटको व्यवस्था पनि साथसाथै लगेको थियाे । 

सरकारले लागू गरेको अनिवार्य डिजिटलाइजेसनको नीति अनुसार ग्राहकलाई सजिलै गुणस्तरीय डिस होमको सेवा प्रदान गर्नका लागि र सर्वसाधारणलाई समेत सेवामा आकर्षित गर्न योजना लागू गरिएको कम्पनीले बताएको छ । कोही उपभोक्ता टिभीको सुविधाबाट बञ्चित नहोस् भन्नका लागि नै कम्पनीले यसरी छु्टसहित सामाजिक उत्तरदायित्वमूखी योजना ल्याएको पनि बताएको छ । उसले समय थाेरै भएकाेले बाँकी समयमा छुटेका उपभाेक्ता सामेल हुने उसले बताएकाे छ ।

डिस होमको जडान उपकरण निःशुल्क भएपछि डिजिटल सेवा लिने ग्राहक गुणात्मक रुपमा वृद्धि भएको कम्पनीले बताएकाे छ । ‘सेट अप बक्स’ विनाको एनालग सेवा हेरिरहेका ग्राहकलाई योजना निकै आकर्षक भएकाे कम्पनीले बताएकाे छ । 

सन् २००९ मा स्थापित डिस होम नेपालको सबैभन्दा अग्रणी र गुणस्तरीय ‘पे टीभी’ सर्भिस हो । २४ घण्टा ग्राहक सेवा, हरेक वडामा दक्ष प्राविधिक, लोकप्रिय च्यानलका कारण डिस होमको सेवा लाखौं घरमा जडान भइसकेको छ । डिस होम केही समय अगाडि पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको र छिट्टै सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारीमा पनि छ ।

तपाईँको मत