बैंकहरुले अब चाहेजति व्याज दिन सक्ने

अघिल्लाे व्याजदर सहमति खारेज

काठमाडाैँ । बैंकबाट चाहेरपनि व्याज नपाउने गूनासाेबाट दिक्क हुनेकाे लागि अब खुसीकाे खबर छ । तर, व्याज बढेसँगै ऋण खानेलाई थाेरै व्याज महंगाे पनि पर्न सक्छ । जे भएपनि बैंकहरू अब थाेरै खुकुलाे भएका छन् ।

व्यक्तिगत मुद्दति निक्षेपमा बिगतमा भएको सहमति खारेज गरेर बैंकले आफूलाई मन लागेजति ब्याज दिनसक्ने व्यवस्था गरेको छ ।

मंगलबारको बैंकर्स संघको बैठकले साे निर्णय गरेकाे हाे ।

अब बैंकमा व्यक्तिगत मुद्धति निक्षेप राख्दा तलमाथि गर्न पाइने भएको छ । बैंकहरुबीच ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा हुँदा अर्थतन्त्रलाई नै समस्या पर्ने भन्दै लामो समयदेखि बैंकर्स संघले भद्र सहमति गरेर व्याजदर निर्धारण गरेकाे थियो ।

सहमतिनुसार व्यक्तिगत मुद्दति निक्षेपमा साढे १० प्रतिशतभन्दा बढी व्याज नदिने भद्र सहमति थियो ।

तर, संस्थागत निक्षेपका लागि भने बैंकर्स संघले अवधि तोकेको छ । १० वर्षका लागि ११ प्रतिशत भन्दा बढी व्याज दिन नपाइने र १० वर्षभन्दा माथि भए निक्षेपकर्ता र बैंकको आपसी सहमतिमा जतिपनि व्याज दिन सक्नेछन् ।

बचतमा भने निकै कम व्याज पाइने भएको छ । विगतमा भएको न्यूनतम ५ देखि अधिकतम ७ प्रतिशत व्याज दिनुपर्ने भन्ने सहमतिलाई संशोधन गरेर बैकर्स संघले बचतको व्याजदरको न्यूनतम सीमा हटाएको छ ।

बैंकर्स संघले सहमति खारेज गरसँगै जनता बैंकले व्यक्तिगत निक्षेपको व्याजदर बढाएर १२ प्रतिशत पुर्याएको छ । अन्य बैंकहरूपनि व्याजदर बढाउन कम्मर कसेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत