जीवनशैली

चिसाेमा घाम प्याराे ! जान्नुहाेस फाइदा र बेफाइदाहरू अनि ताप्नुहाेस्

काठमाडाैँ । चिसो समयमा घाम सबैलाई प्यारो लाग्छ। हामी कुनै न कुनै समय घाम तापेर बस्न रुचाउँछाैँ । फुर्सद हुने वित्तिकै हामी जाडोको बेला सकेसम्म घाममा बसेर धेरै समय कटाउन चाहन्छौँ । एक्लै बस्न दिक्क लागे बदाम या गेडागूडीकाे सहारा लिन्छाैँ ।

तर, तपाइँलाई थाहा छ ? घाम ताप्नुका फाइदा र बेफाइदा दुवै छन् नी, त्याे तपाइँले जान्नैपर्छ ।

मानिसहरुको छाला ६ प्रकारको हुन्छ । छिटो कालो हुने खालका (गोरा मानिसहरुको) छाला एउटा प्रकारमा पर्छ । नेपालीहरुको छाला भने ४–५ प्रकारको हुन्छ । काला अर्फिकनहरुको छाला एक प्रकारको हुन्छ । तसर्थ, कस्ता मानिसहरु लागि  कति घाम चाहिन्छ भन्ने थाहा पाउनु अपरिहार्य हुन्छ ।  बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ । घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ । दिनभर शरीर फूर्तिलाे बनाउँछ ।

चिकित्सकहरूका अनुसार निम्न अवस्थामा घामकाे फाइदा र बेफाइदा हुन्छन् ।

घाम ताप्नुका फाइदाहरू

  • बिहानै ताजा धाम ताप्दा भरपूर मात्रामा भिटामिन डी प्राप्त हुन्छ । जसले हरीरका हड्डीहरुको विकास ठीकसँग हुन्छ र बोलियो बनाउँछ । यसको साथै घुँडाको दुःखाई र चिसोका कारण हुने शारीरिक दुःखाईमा कम हुन्छ ।
  • बिहानै घाम ताप्दा शरीरमा रगत जम्ने प्रक्रिया रोकिन्छ र रक्तसञ्चार राम्रो हुन्छ । डाइबिटीज र हृदय सम्बन्धी रोगहरुमा पनि ताजा घाम ताप्नु फाइदाजनक हुन्छ ।
  • रुघाखोकीबाट बच्न सूर्यलाई जीवनदाता मानिँदै आइएको छ, वैज्ञानिक दृष्टीकोणले पनि सूर्यको बिहानको किरण शरीरका लागि विभिन्न किसिमबाट फाइदाजनक हुन्छ र रोग-निवारक गर्छ । विशेषगरी रुघाखोकीका लागि विहानको घाम एकदमै फाइदाजनक र राहत दिने खालको हुन्छ ।
  • घाम तापिसकेपछि त्यो दिन तपाईंको कार्यक्षमता बढ्छ र शरीर जाँगरिलो र स्फूर्ती आउँछ ।
  • शरीरका कुनै पनि भागमा हुने फंगल इंफेक्शन (दाद, घाउ) निको पार्न बिहानैको ताजा घाम ताप्नु एकदमै लाभकारी हुन्छ ।  साथै छालाका कारण हुने कीटाणुहरुको संक्रमणबाट बचाउँछ ।
  • बिहानको पारिलो घाममा बस्नाले शरीरमा ‘मेलाटोनिन’ नामको हर्मोन विकसित हुन्छ, जसले निद्रा लगाउँछ।
  • सूर्यबाट निस्कने अल्ट्राभायलेट किरणले ‘इम्युन सिस्टम’ मजबुत बनाउँछ।

बेसमयमा घाम ताप्नु बेफाइदाहरु
बिहान १० देखि २ बजेसम्मको घामको ‘रेज’लाई स्वास्थ्यका लागि राम्रो मानिँदैन । याे समयमा घाम तात्दा नाेक्सानी हुने चिकित्सक बताउँछन् । उनीहरूका अनुसार-

  • अनुहारको छाला रुखो हुने, डढ्ने हुन्छ ।
  • छालामा विभिन्नखाले समस्या देखा पर्ने गर्छ ।
  • लामो समय घाममा बस्ने मानिसलाई छालाको क्यान्सर समेत हुन सक्छ ।
  • छाला सुक्खा हुने र हातखुटा फुट्ने समस्या देखिन्छ ।
  • जाडोमा घामले गर्दा चाया, पोतो, कोठी आउँछ ।
  • शरीर खुला राखेर घाममा छाला पारेर बस्नु हुँदैन ।
  • ध्यान राख्नुस् पसीना आइसकेपछि घाममा बस्नुहुँदैन् ,स्वास्थ्यका दृष्टिले उपयुक्त मानिँदैन । 

यसकारण चिसाे माैसम छ भनेर जुनसुकै समयकाे घाम प्याराे हुने धारणा छ भने हटाउनुस्, अाजैबाट सचेत हुनुहाेस् । हुन त याे सब कुरा जाडाेमा लागू भएकाे पाइँदैन, हामी अटेरी गरेरै भएपनि ताताे भन्दै घामकाे मज्जा लिनमा केन्द्रित हुन्छाैँ ।

तपाईँको मत