सेवा

पाँच दिने ‘सामुदायमा आधारित मानसिक स्वास्थ्य प्रवर्द्धन तालिम’ हुँदै

काठमाडौँ । साईडेक्स फाउन्डेशन र टिसप नेपालको आयोजनामा पाँचदिने ‘कम्युनिटी बेस्ड मेन्टल हेल्थ प्रोमोसन इन मल्टीकल्चरल सेटिङ्ग’ अर्थात सामुदायमा आधारित मानशिक स्वास्थ्य प्रवर्द्धन तालिम आयोजना गर्ने भएको छ ।

विश्वमा मानसिक स्वास्थ्य समस्याहरु बढ्दै गएको परिपेक्षमा यस्तो तालिम गर्न लागेको टिसपका अध्यक्ष डा. नरेन्द्र सिंह ठगुन्नाले बताए । 

तालिममा व्यवहारिक नमूना, मानशिक स्वास्थ्यका विभिन्न मुद्धाहरु, आत्महत्या न्यूनिकरण, बच्चा र वयस्कको मानशिक समया, वृद्धवृद्धाको मानशिक अवस्था र सुधारका कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

सामुदायिक मानशिक स्वास्थ्य र सुधारको लागि गर्न लागिएको यो तालिम ८ तारिखदेखि १२ सम्म काठमाडौँको शान्तिनगर, बानेश्वरमा चल्नेछ ।

तलिममा प्रवेशको लागि रु. ५०००।- लाग्ने र विद्यार्थीहरुलाई ४० प्रतिशत छुटको व्यवस्था गरेको आयोजकले बताएको छ ।

तपाईँको मत