प्रतिनिधि सभा

हिउँदे अधिवेशनमा नेपाली नागरिकताका विषयमा विधेयक पेश हुने

  • १६ मङ्सिर आइतबार, २०७५ | १४:०९:०० मा प्रकाशित

काठमाडौं । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले नेपाली नागरिकताका विषयमा संसद्को विषयगत समितिमा संशोधनका निम्ति छलफल भइरहेको बताए । 

अबको हिउँदे अधिवेशनमा सो विषय संसद्मा पेश हुने उहाँले जानकारी दिए। गैरआवासीय नेपाली सङ्घ (एनआरएन) बेलायतले महिलाले मतदान गर्न पाउने अधिकार प्राप्त गरेको एक सय वर्ष पुगेका अवसरमा राजधानी लण्डनमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन आइपुग्नुभएका डा तुम्बाहाम्फे, सांसद नवीना लामा, पूर्वसभासद् तारा राई र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष कमला थापासँग अन्तरक्रिया गरेको थियो । 

एनआरएन केन्द्रका उपाध्यक्ष कुल आचार्यले पनि नागरिकता निरन्तरताका निम्ति १५ वर्षदेखि लडिरहेको बताए । जनमुक्ति पार्टीका उपाध्यक्ष थापाले राजनैतिक अधिकारविनाको नागरिकता अपूरो भएको बताउनुभयो । कार्यक्रममा एनआरएन बेलायतले नागरिकता विषयमा सुधार गर्न माग गर्दै उपसभामुखसमक्ष ज्ञापनपत्र पनि बुझाएको थियो । 

बेलायतमा सन् १८१८ मा पहिलो पटक महिलाले मतदान गर्न पाउने अधिकार पाएका थिए ।

तपाईँको मत