सेवा

एकीकृत बीमा योजना ल्याउँदै समिति

काठमाडाैँ । बीमा समितिले बीमितलाई सहज बीमा सुविधा उपलब्ध गराउन एकीकृत बीमा योजना ल्याउन लागेकाे छ ।

समितिले एउटै बीमालेखले सबै जोखिमको सुरक्षा गर्ने गरी बीमा योजना ल्याउन लागेको हो ।

समितिले एकीकृत बीमा योजनाको प्रारम्भिक खाका तयार पारिसकेको छ । तत्काललाई बाढी प्रभावित क्षेत्रलाई लक्षित गरी समितिले एकीकृत बीमा योजना जारी गर्न लागेको हाे ।

समितिले प्रारम्भिक चरणमा बीमा योजनाको बिमांक रकम ५ लाख ७५ हजार रुपैयाँ राखेको छ । जसमा परिवारको प्रति व्यक्ति २ लाख रुपैयाँ राखिएको छ । चौपाया २ लाख ५० हजार रुपैयाँ र घररझुपडीको २५ हजार रुपैयाँ राखिएको छ ।

बीमांकको शून्य दशमलव ५ प्रतिशत बीमाशुल्क कायम गरिएको छ । बीमालेख प्रारम्भिक चरणमा रहेकाले बीमांक रकम तलमाथि पनि हुन सक्ने समितिले बताएको छ ।

एकीकृत बीमालेखले मानवीय क्षति वा सम्पतिको हानी नोक्सानी भएमा बीमांकको सिमा भित्र रही वास्तविक क्षतिको बीमा दाबीमा व्यवस्था भए अनुसारसम्मको रकम सम्बन्धित पक्षलाई भुक्तानी गर्नेछ ।

बीमालेखले बाढी, डुबान, पहिरोबाट हुने जोखिमको मात्रै रक्षावरण गर्नेछ । तर, बीमित वा निजको एकाघर परिवारका सदस्यको लापरवाहीको कारण, जानाजान, मनोरञ्जन, वा रिसिईबी साध्ने कार्यको कारणबाट क्षति भएमा कम्पनी दाबी भुक्तानीको लागी बाध्य हुने छैन । बीमालेख अनुसार बीमा अवधिभित्र बाढी र पैरोका कारणले बीमीतको मृत्यू भएमा वा हराएमा कम्पनीले २ लाख रुपैयाँ भुक्तानी गर्नेछ । दाह संस्कारका लागी १० हजार रुपैयाँ प्रदान गर्नेछ ।

तर, बीमा दाबी भुक्तानी रकम कुल बीमांक रकम भन्दा बढी हुने छैन । बीमा अवधिमा कुनै घटना घटेमा बीमांकलाई जानकारी दिनुपर्नेछ । साथमा अावश्यक कागजात मिलाउनु अावश्यक छ ।

तपाईँको मत