प्रविधि

फोन ह्याङ भएर दिक्क हुनुहुन्छ ? यसाे गर्नुहाेस्

why gadget doctor

काठमाडाैँ । यदि तपाइँको फोन बारम्बार ह्याङ् भएर दिक्क दिएकाे छ सम्झनुस् तपाइँले माेबाइलमा कुनै गल्ती गरिरहनु भएको छ । तर, निम्न कुराहरूमा ध्यान दिनुभयाे भने तपाइँको फोन कहिलेपनि ह्याङ हुँदैन, दुरूस्त चल्नेछ । तसर्थ, तयार रहनुहाेस् यी कार्य गर्न ।

  1. कम प्रयाेग हुने फइल र फोल्डर क्लाउड स्टोरमा राख्नुहाेस् । यसो गर्दा मोबाइलको इन्टरनल मेमोरी खाली रहन्छ । क्लाउड स्टोर भर्चुअल ड्राइभ जस्तै हो यसमा तपाइँ आफ्नो डाटा सेभ गर्न सक्नु हुन्छ । गुगल ड्राइभ, वन ड्राइभ र ड्रप बक्स क्लाउड स्टोरेज एप्लिकेशन प्रयोग गरेर मोबाइलको मेमोरी कम गर्न सकिन्छ ।
  2. फोन ह्याङ हुने सबैभन्दा मुख्य कारण अर्काे भनेकाे इन्टरनल मेमोरी हो । जब फोनको इन्टरनल मेमाेरी वा र्‍याम कम हुन्छ अनि फोन ह्याङ हुन्छ । यसका लागि तपाइँले स्मार्टफोनमा एक्सप्याण्डल मेमाेरीको अप्सनमा गएर त्यहाँ भिडियो, पिक्चर आदि सेभ गर्न सक्नुहुन्छ । जुन एप्लिकेशन प्रयोग हुँदैन त्यस्तो एप्लिकेशन हटाइदिनुस् । यसले फोन ह्याङ हुने समस्या कम गर्छ ।
  3. हरेक स्मार्टफोनमा फ्याक्ट्री डाटा रिसेट अप्सन हुन्छ । फ्याक्ट्री रिसेट गर्दा फोनको ह्याङ हुने समस्या समाधान हुन्छ । तर, त्यसो गर्न अघि फोनको डाटा ब्याकअप गर्न नभुल्नुहाेला ।
  4. फोनबाट त्यस्ता सबै चिज डिलिट गरिदिनुस् जुन तपाइँलाई आवश्यक छैन । त्यति मात्र होइन फोनको सेटिङमा गएर स्टोरेजमा क्लिक गर्नुस् यहाँ क्यास डाटाको विकल्प आउँछ त्यहाँ गएर क्लियर डाटा गर्नुस् । समय समयमा यस्तै गर्नुस् ।
  5. फोनमा गीत, भिडियो, तस्वीर र अन्य डाटा एक्सटर्नल मेमरीमा सेभ गर्नुस् । तपाइँले एक्सटर्नल मेमरीलाई डिफल्ट राख्नु भयो भने सेभ हुँदा त्यसमै हुन्छ ।
  6. इन्टरनल मेमाेरीको धेरै भाग खाली राख्दा फोन ह्याङ हुने समस्या कम हुन्छ ।

यसकारण, यी कुराहरू तपाइँले फलाे गर्नुभयाे भने सम्झनुहाेस् तपाइँले अाफ्नाे माेबाइल चलाउँदा प्लेन चढेजस्तै अानन्द र चिन्ताबाट मुक्त हुनुहुन्छ ।

तपाईँको मत