सेवा

छोटो समयमै अधिक ग्राहकको मन जित्दै ‘रिलायन्स लाईफ इन्स्योरेन्स’

काठमाडौँ । यही महिना वर्षदिन मनाएको रिलायन्स लाईफ इन्स्योरेन्सले छोटो अवधिमा अधिक ग्राहकको मन जित्न सफल बनेको छ । वर्षगांठ मनाउँदै उसले साथ र सहयोगको लागि सबैलाई धन्यवाद भनेको छ ।

यसबीचमा ५ हजार १ सय जीवनको सुरक्षा, ६५ शाखाहरु र ३४ सय रिलायन्स साथी (अभिकर्ताहरु) बनाउन सफल भएको कम्पनीले बताएको छ ।

स्थानपनादेखि नै ग्राहकको मन जित्न सफल इन्स्योरेन्सले रिलायन्स बाल बीमा, रिलायन्स सावधिक योजना, रिलायन्स आवधिक योजना, रिलायन्स रकम फिर्ता जस्ता विभिन्न बीमा योजना सञ्चालनमा ल्याएको छ ।

सिद्धार्थ बैंकद्वारा प्रवर्द्धित रिलायन्स लाईफ इन्स्योरेन्सको जारी पूँजी २.१० विलियन र चुक्ता पूँजी १.४७ विलियन रहेको छ । इन्स्योरेन्सले पहिलो मंसिर २०७४ बाट सेवा सुरु गरेको थियो ।
 

तपाईँको मत